FLASH NEWS
  • Loading...

म्यादी प्रहरीको परीक्षामा म्याग्दीमा एक सय २१ प्रतिस्पर्धी अनुपस्थित

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३०५ पटक पढिएको
म्यादी प्रहरीको परीक्षामा म्याग्दीमा एक सय २१ प्रतिस्पर्धी अनुपस्थित

अागामी मंसिर ४ गते हुने अाम निर्वाचनकालागी म्याग्दी जिल्लामा खटिने म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ ।

म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षापछी अाज ६ सय १२ जनाले लिखित परिक्षा दिए । शारीरिक परीक्षामा ९ सय ३३ जना उत्तीर्ण भएका थिए । एक सय २१ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आम निर्वाचनमा सुरक्षाका लागि म्याग्दीमा ७ सय ३३ जना म्यादी प्रहरी माग भएकोमा ९ सय ८७ जनाले आवेदन दिएका थिए ।

शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाइ, तौल साथै दौड, सेटप र बुसप लगायतका स्वास्थ्य प्रारम्भिक स्वास्थ्य परीक्षण उतिर्ण भएकाहरूले जिल्ला प्रहरी कार्यालय अगाडी खुल्ला मञ्चकाे चाैरमा बसेर लिखित परिक्षा दिएका हुन । लिखितमा सफल हुने उम्मेदवारलाई मौखिक अन्तर्वार्ता हुने जिल्ला प्रहरी कार्यालयले जनाको छ ।

छनौट भएका उम्मेदवारहरूलाई १० दिने प्रशिक्षण हुने छ । म्यादी प्रहरीको कार्यविधि ४० दिनको हुने छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ । यस पटक थप जाडाेकाे जाडाेकाे पाेसाक पनि हुने छ ।

निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरूप प्रति म्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ उपलब्ध हुने छ  । बिमालगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।