- Loading...
आज वर्षाकाे संभावना, सतर्कता अपनाउन सुझाव
- पुनहिल डट कम
- २ साल अघि
- ४३७ पटक पढिएको

देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटस्थित नारायणी, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर, बारा, पर्सा, चितवन, धादिङ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, गुल्मी, अर्घाखाँची, पाल्पा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केही नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
