- Loading...
बेनी नगरका जेष्ठ नागरिकलाइ घरै स्वास्थ्य सेवा
- पुनहिल डट कम
- २ साल अघि
- ५७४ पटक पढिएको

बेनी नगरपालिकाले पालिका भित्रका सवै जेष्ठ नागरिक (७० वर्षमाथी)को घर–घरमा स्वास्थ्यकर्मी पुर्याउन थालेको छ ।
पालिका मातहतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु हरेक महिना एक दिन आफ्नो सेवा क्षेत्रका सवै जेष्ठ नागरिकको घरमा पुग्न थालेका हुन ।
नगरपालिका भित्र पर्ने भएपनि प्राय: वस्ती दुर्गम ग्रामिण क्षेत्र रहेका, नजिकै स्वास्थ्य संस्था नभएको र सडकको सहज पुहुँच नपुग्दा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पुर्याउने प्रयास थालेको बेनी नगरपालिकाले जनाएको छ ।
पालिकाले गत साउन देखी जेष्ठ नागरिकसंग स्वास्थ्य कार्यक्रम सुरु गरेको हो । पालिका भित्र हरेक वडामा रहेका हेल्थपोष्टमा कार्यरत हेल्थअसिस्टेन्ट, सिनियर अहेव, अहेव र अनमीमध्यबाट एक जना स्वास्थ कार्यालया रही बाँकीले महिनाको २०–२५ गते भित्र जेष्ठ नागरिकको घरमा पुग्ने तालिका छ । जेष्ठ नागरिकको घरमा पुग्दा स्वास्थ्यकर्मीले साथमा सुगर नाप्ने ग्लुकोमिटर, अक्सिजन नाप्ने पल्सअक्सीमिटर, ज्वोरो नाप्ने थर्ममिटर, प्रेसर नाप्ने विपीसेट, टर्च लाईट समेतका आधारभुत स्वास्थ्य सामाग्री र स्वास्थ्य संस्थामा उपलब्ध बोक्ने योजना छ ।
‘समाजमा स्वास्थ्य संस्थामा पुग्न नसकेका ७० वर्षमाथीका विरामी जेष्ठ नागरिक, असक्त, अपाङ्ग तथा थला परेका विरामी र ४५ बर्ष माथीका दिर्घरोगीको पहिचान गरी घरमै स्वास्थ्य सेवा दिने, अस्पतालमा रिफर गर्ने उद्देश्यले जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी कार्यक्रम ल्याएका हौं’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने, ‘धेरै गरिव र विपन्न वर्गका विरामी औषधोपचार नपाएर घरमै रोगले कुहिएर बसेका भेट्यौं । दीर्घ रोगीले नियमति औषधी छोडेर बसेका, परिवारका वयस्क सदस्य नहुँदा बृद्धबृद्धा र अपाङ्गहरु बढी रोगले थलिएका तर स्वास्थ्य सेवा नपाएको भेटिए ।’ प्रमुख केसीले थपे, ‘आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्थै नभएका विरामी पहिचान गरेका छौं । उनीहरुलाई स्वास्थ्य संस्थामा पुर्याउने र उपचार गर्न चुनौति थपिएको छ ।’
स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिक र औषधीउपचार नपाएका अशक्त, अपाङ्गको घरमै पुगेर उपचार गर्दा, स्वास्थ्य परिक्षण गर्दा दैलोको सरकारको अनुभुति गरेका छन । बृद्धबृद्धा मात्र होईन, समाज र परिवारबाट हेय अनुभुति गरेका अति गरिव र अपाङ्गले पनि उपचार पाएका छन ।
‘गाउँका केही मान्छेहरु यतिको रोग पालेर पनि स्वास्थ्य संस्था नगै बस्छन भन्ने सोचेकै थिईन । सामान्यतया: कान नसुन्ने, मुखनवोल्ने अपाङ्गहरुलाई त सकेसम्म स्वास्थ्य संस्थामै नलगिने रहेछ’ पुलाचौर स्वास्थ्य चौकीकी अहेव अमृता सुनारले भनिन, ‘पुरानो घाउ पाकेर किरा पर्दा पनि स्वास्थ्य संस्थामा नआएका रहेछन । घरमै गएर उपचार गर्दा खुशी भए ।’
बेनी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणको अभिलेख अनुसार नगरपालिकाभरी एक हजार ८ सय जना जेष्ठनागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन । जेष्ठ नागरिकसंग स्वास्थ्य कार्यक्रमबाट भने नगरपालिकाले साउन महिनामा १ हजार १ सय जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी पुगेका छन । नगरपालिकाका वडाहरु भौगोलिक रुपमा साना छन । नगरपालिकाका १० वडालाई ७२ वटा क्लस्टरमा बाँडेर स्वास्थ्यकर्मी परिचालन गरिएको श्वास्थ्य शाखाले जनाएको छ ।
‘कार्यक्रम परिकल्पनालाई कार्यान्वयन गरिएको पहिलो महिना भएकाले सिक्दै कार्यान्वयन गर्ने चरणमा छौं । पहिलो महिना घरदैलो गर्दा धेरै नसर्ने रोग लागेका तर स्वास्थ्य परिक्षण नहुँदा रोग लुकेको अवस्थामा भटियो । केहीले औषधी सेवनमा लापरवाही गर्ने गरेको भेटेका छौं’ बेनी नगरपालिका स्वास्थ्य शाखाका कार्यक्रम हेर्ने सिनियर अहेव डिल्लीराम आचार्यले भने, ‘सेडुल बनेको छ । पहिलो महिना दीर्घरोगीको पहिचान र स्वास्थ्य सेवाको प्रचार प्रशार भएको छ ।’
*कान्तिपुरमा समाचार छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
