- Loading...
म्याग्दीका सुजनले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी
- पुनहिल डट कम
- २ साल अघि
- ५२६ पटक पढिएको

रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाएकाे सामाजिक सञ्जालमा पाेष्ट गरेका छन ।
पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा ब्याट्री जडान गरि गाडी गुडाउन सकेकाे र तीनदेखि चार घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिने केसीले अाफ्नाे फेसवुक र टिकटकमा उल्लेख गरेका छन ।
गाडी बनाउने सीप देखेपछि राेजगारदाताकाे पहलमा दक्षिण काेरियाकाे स्थानीय पालिकाले मेकानिकल इन्जिनियरिङ काेर्ष सिकाउने अफर गरेकाे केसीले बताएका छन ।
दक्षिण काेरियाकाे एक कृषी फार्ममा विगत ६ बर्षदेखी कार्यरत केसीले फार्ममा रहँदा गाडी चलाउने पनि काम गर्थे । ‘कामसँगै मैले कम्पनीकाे गाडी चलाउँदै आएको थिएँ, गाडी बिग्रिएमा आफै मर्मत गर्थें । म आफै गाडी बनाउन सक्छु कि भनेर युट्युव हेर्दै पाँच पटक प्रयासमा गाडी बनाउन सफल भएँ ।’ म्यासेन्जरमा केसीले भने । केसीलाइ गाडी बनाउन उनका राेजगारदाताले अावश्यक पार्टपुर्जा जाेहाे गर्न र समय ब्यवस्थापन गर्न सहज गरिदिएका थिए ।
‘गाडी गुड्ने भएको छ, अब गाडीकाे वडीकाे स्ट्रक्चर जडानको काम बाँखकी छ’ केसीले फाेटा पठाउँदै भने, “नेपाल फर्किएर गाडी बनाउने काम गर्न मन छ ।”

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
