- Loading...
सेनापतिसँग माओवादी नेताको सबाल जवाफ र सेनाविरुद्ध फेसबुकमा अभियान
- पुनहिल डट कम
- २ साल अघि
- ३८५ पटक पढिएको

सत्तारुढ नेकपा माओवादी केन्द्रको शीर्ष नेतृत्वले नेपाली सेनाविरोधी अभियान शुरु गरेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलको विशिष्ट कक्षमा सेनापति प्रभुराम शर्मासँग स्पष्टीकरणको शैलीमा प्रश्न गर्नेदेखि फेसबुकमा अभियान चलाउनेसम्मका काम केही दिनदेखि सतहमा प्रकट भएका छन्।
नेपाली सेना र अमेरिकी सेनाबीचको सम्बन्ध बृद्धि भएकोमा सत्तारुढ दल माओवादीका नेताहरुको नेपाली सेनाप्रति रुष्टता बढेको हो। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू जापान यात्रामा जाने दिन नै विमानास्थलमा सेनापतिसँग अष्ट्रेलियामा भएको सेनापति सम्मेलनबारे सोधेका थिए। उनले केही सभ्य भाषामा कुरा गरे पनि सोही पार्टीका महासचिव देव गुरुङको शैली सेनापतिलाई स्पष्टीकरण सोधेजस्तै थियो।
अमेरिकाको इन्डो प्यासिफिक रणनीतिभित्र नेपाली सेना पसिसकेको आशंका गर्दै माओवादी नेता देव गुरुङले कतै केही सही गरेर आउनु भएको त छैन नि? भनेर सोधेका थिए। प्रचण्ड भीआईपी कक्षमा बसेको थाहा पाएपछि इण्डो प्यासिफिक क्षेत्रका सेनापतिहरुको सम्मेलनमा भाग लिएर अष्ट्रेलियाबाट फर्किएका सेनापति प्रभुराम शर्माले पूर्वप्रधानमन्त्रीका रुपमा प्रचण्डलाई शुभयात्रा भन्न चाहेका थिए।
उनले प्रचण्डलाई जापान भ्रमणका लागि शुभयात्रा भन्न आएको बताएका थिए भने प्रचण्डले अष्ट्रेलिया भ्रमणको सन्दर्भ सोधेका थिए। ‘होइन हजुर त्यस्तो केही छैन’ भन्दै जवाफमा सेनापति शर्माले हरेक बर्ष हुने कार्यक्रम र विगतदेखि नै नेपाली सेनाले सहभागिता जनाउंदै आएको, कहिले सेनापति र कहिले सेकेन्ड म्यान जाने गरेको कुरा सुनाएका थिए।
यसैबीचमा हस्ताक्षर गरेर आए नआएकोबारे देव गुरुङको प्रश्न थियो। सेनापतिले छिमेकी मुलुक चीनबाट समेत सहभागिता रहने कुरा सुनेको तर त्यहाँ नदेखेको पनि सुनाएर सो सम्मेलन कतै पक्षधरता देखाउन नभएको सन्देश दिन खोजेका थिए।
यो प्रकरणमा नेपाली सेनाविरुद्ध सत्तारुढ माओवादी केन्द्रका शीर्ष नेताहरु निकै असन्तुष्टिपूर्ण व्यवहार देखाएको कुराले सैनिक उच्चअधिकारीहरु पनि अचम्ममा परेको सैनिक स्रोतले जनाएको छ। आफ्नै सरकार छ, सरकारले नै सदर गरेरमात्रै सेनापतिको विदेश भ्रमण हुने गर्छ, त्यतिबेला केही भन्न नसक्ने अनि ठाउँ कुठाउँ सैनिक नेतृत्वमाथि प्रश्न तेस्र्याउने काम गरेर सैनिक नेतृत्वको मानमर्दन गर्न खोजेको कुराले सैनिक अधिकारीहरुको असन्तुष्टि रहेको बताइएको छ।
माओवादी र सेनाका बीच यस्तै वातावरण चालिरहेकै बेला नेता देव गुरुङले फेसबुक स्ट्याटस नै लेखेर नेपाली सेनालाई अमेरिकी सेना भित्र्याउने काम गरेको भन्दै आक्रमण गरेका छन्। उनले अमेरिकी सेनासँग नेपाली सेनाको गठबन्धन भएको आरोप लगाएका छन्। र यस्तो गठबन्धनमा नेपाली सेनाको संलग्नताबाट नेपालको स्वधिनताको रक्षा गम्भीर संकटमा परेको आरोप पनि उनले लगाएका छन्।
स्वधिनताको रक्षाका लागि खटिने नेपाली सेनालाई स्वाधिनतमा संकट ल्याउने गरेको आरोप चानेचुने होइन। तर, माओवादीका महासचिव भएका गुरुङको यो प्रहारलाई नेपाली सेनाले कुनै प्रतिक्रिया जनाएको छैन। फेसबुक स्ट्याटसमा गुरुङले सेनापति शर्माको अष्ट्रेलिया सम्मेलनप्रति असन्तुष्टी जनाएका छन् भने नेपाली सेना र अमेरिकी सेनाबीचको ज्वाइन्ट मिलिटरी एक्सरसाइजलाई त उनले हतियारसहित अमेरिकी सेना नेपाल आएको अर्थमा प्रचार गरेका छन्।(हेर्नुहोस् गुरुङ्गको स्ट्याटसको फोटो)।
गुरुङको स्ट्याटसलाई माओवादीका अन्य नेताहरुले पनि शेयर गरेका छन्। गुरुङ लवीका नेताहरुले उनको स्ट्याटसलाई कपी गरेर सकेसम्म सबैतिर मेसेन्जरमा पठाएका छन्।
सेनाविरुद्ध माओवादी नेतृत्वको असान्दर्भिक प्रचारले सैनिक उच्चअधिकारीहरुसमेत असन्तुष्ट रहेको बताइएको छ। सरकारको निर्देशनभन्दा बाहिर नगएको सेनालाई सरकारमै रहेका दलका नेताले जथाभावी आरोपित गर्नु जायज नभएको तर प्रतिक्रिया कसरी जनाउने भन्ने टुंगो भइनसकेको सैनिक स्रोतले जनाएको छ। *डिसीनेपालमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
