- Loading...
बढ्दो नक्कली सम्बन्ध विच्छेद
- पुनहिल डट कम
- २ साल अघि
- २२४ पटक पढिएको

वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्र समेत समाजका विभिन्न क्षेत्रमा सकरात्मक प्रभाव परेपनि यसको कुरुप पाटो पनि बाहिर आउन थालेका छन ।
पुरुष होस वा महिला आप्रवासनमा जाने प्रवित्तले सम्बन्ध विच्छेदका घट्ना बढ्नुकोसाथी वालबालिकाहरु अलपत्र पर्ने क्रम बढ्दै गएको छ । अधिवक्ताहरुका अनुसार सम्बन्ध विच्छेद दुई खाले हुने गरेका छन, क, श्रीमान–श्रमतिको सहमतिमा ख, बाध्यतामा सम्बन्ध विच्छेद ।
कार्डवालासँग नक्कली विवाह गरी डिपेन्डेन्टमा अष्ट्रेलिया, युरोपका अन्य देश, अमेरिकामा समेत विकसित देशमा जान श्रीमान–श्रीमतिले राजीखुशी सम्बन्ध विच्छेद गर्ने बढेका छन । अर्को वैदेशिक रोजगारीमा गएको वेला घरमा श्रीमान वा श्रीमति विच वढ्दो यौन अविश्वासले निम्त्याएको सम्बन्ध विच्छेद ।
‘मेलै लेखेका सम्बन्ध विच्छेदका मुद्धामध्य ८० प्रतिशतबढी श्रीमान–श्रीमतिविच सहमतिमै हुने गरेको छ’ अधिवक्ता ध्रुव शर्माले भने, ‘डिपेन्डेन्ट भिषामा विदेश जाने प्रयोजनकागाली केटी विदेश जानेभए, ‘धनसम्पत्ति र अंशवण्डा चाहिन्न । छोराछोरी श्रीमानकै जिम्मा रहनेगरी सम्बन्ध गरी पाउ’ भन्छन । केटा डिपेन्डेन्टमा जाने भए वालवच्चाको पढाई तथा अन्य खर्च वावुले भर्ने आमाको जिम्मा रहनेगरी सम्बन्ध विच्छेद गराई पाउ उल्लेख हुन्छ ।’
सम्बन्ध विच्छेदले दुई दाम्पत्य जिवन छुट्टीएको मात्र छैन, उनीहरुमा आश्रित धेरै बालबालिकाहरु अलपत्र परेका छन । बाबु आमा विच सम्बन्ध विछोड भएका बालबालिकाको संरक्षणको भार बृद्धबाबु आमामाथी परेको छ । सम्बन्ध विच्छेदका मुद्धा बढ्दै जाँदा बाबुआमाको संरक्षणमा हुर्कनु पर्ने धेरै वालबालिकाले वर्षेनी संरक्षकत्व गुमाएका छन । बाबुआमाको सम्बन्ध विच्छेदपछि बृद्ध बाजेबजैको संरक्षकत्वमा पुगेका बालबालिकाहरु बाबुआमा भएर पनि ‘टुहुरा झै’ भए । उनीहरुमा मनोवैज्ञानिक असर परेको छ । यस्ता बालबालिकाहरु लागुऔषधको संगतमा पर्ने जोखिम पनि छ ।
‘सम्बन्ध विच्छेदको मुद्धामा अदालतले फैसला गर्दा नावालक भए स्वत: आमासँग, उमेर पुगेका बालबालिका भए बाबु वा आमाको संरक्षकत्वमा रहन्छ भन्ने विश्वास राख्छ । वालबालिको संरक्षणको अधिकार बारे अभिभावकलाई सचेत पनि गर्छौं’ कपिलवस्तु सरुवा भै जानु अघि जिल्ला न्यायाधिस तेजनारायण पौडेले भनेका थिए, ‘तर बाहिर ब्यवहारिक जिवनमा बालबालिकाले दु:ख पाएको देखिन्छ ।’
सम्बन्ध विच्छेद गराउनेमा १६–२७ बर्ष उमुर समुहका युवा/युवती बढी छन । जिल्ला अदालतको अभिलेख अनुसार आव ०७८/०७९ मा २ सय ७० थान सम्बन्ध विच्छेदका मुद्धा दायर भए । तिमध्य असारमसान्तसम्म २ सय ३६ मुद्धा फस्र्यौट भए । फस्र्यौट भएका अधिकांश मुद्धामा श्रीमान–श्रीमति विच सम्बन्ध विच्छेद भएको छ ।
‘सम्बन्ध विच्छेदका मुद्धा बर्षेनी बढेका छन । दर्ता भएका कुल सम्बन्ध विच्छेदका मुद्दामध्य ७५ प्रतिशतबढी मुद्धा वैदेसिक रोजगारीकालागी कागजी प्रकृया पुर्याउन सम्बन्ध विच्छेद गर्ने हुन’ जिल्ला अदालतको मुद्दा फाँटका नायव सुब्बा धर्मराज सुवेदीले भने, ‘अदातलको मुद्दा शाखामा ८–१० वर्षका मुद्दा हेर्दा वास्तविक सम्बन्ध विच्छेद गर्नेहरुमध्य ५–१० प्रतिशत मुद्दा/मिसिल मात्र श्रीमान वा श्रीमति वैदेसिक रोजगारीमा रहेका विभिन्न कारणले श्रीमान/श्रीमति विच
समस्या उत्पन्न भएपछि सम्बन्ध विच्छेद गर्न आउने गरेका छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
