- Loading...
शक्तिपीठमा वली चढाउने प्रथा, भेडाको ब्यापार अवसर
- पुनहिल डट कम
- २ साल अघि
- ४४४ पटक पढिएको

खयरवराही समेतका शक्तिपीठमा ‘वली चढाउने’ धार्मिक मेलाहरु हिमाली बुक्यानमा परम्परागत फिरन्ते शेलीमा पालिने भेडा/बोका ब्यापार गर्ने गतिलो अवसर भएका छन ।
यस वर्ष अन्नपुर्ण हिमालको पश्चिम फेदमा अवस्थित म्याग्दीको खयरवराही मन्दीरमा ‘वली चढाउने’ धार्मिक मेलामा मात्र ७० लाखबढीको भेडा/बोकाको ब्यापार भएको भेडापालकहरुले बताए ।
शक्तिपीठमा ‘भाकल’ गरी ‘वर’ मागेमा इच्छाएको पुग्ने र भाकल पुरा भए पुन: आफै वा नाममा आफन्तले भाकल अनुसार भेडाको वली दिने चलन छ । हालै म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ खयरवराही मन्दीरमा जनैपूर्णिमा लागेको धार्मिक मेलामा मात्र ६० लाखबढीको खसीबोकाको ब्यापार भएको छ । त्यस बाहेक भूमेपुजा, कुलपुजामा पनि स्थानियले गोठबाटै खोसाखोस गर्छन । भेडा पाल्न गर्न सके बिक्रिको समस्या छैन ।
‘यस पटक यहाँका मात्र गोठका भेडाबाख्राले नपुगेर मुस्ताङ र कास्कीको घान्द्रुकबाट समेत भेडा ल्याउनु पर्यो’ खोप्राका ७३ बर्षिय भेडा पालक कृषक लालवीर तिलिजाले भने, ‘बर्षभरी झरीवादल, हिउँ र सवै दु:खकष्ट सिरानी हालेर सुत्छौं । आज एक दिन पैसा सिरानी हाल्ने र दु:ख विर्सने अवसर पनि हो ।’
गाउँ–गाउँमा लाग्ने यस्ता पुजाअर्चनाहरु फिरन्ते बोका तथा भेडाको साँढ ब्यापार गर्ने गतिलो अवसर हो । एक सिजनमा एक गोठले २–३ लाखदेखी ९–१० लाख मुल्य बराबरको भेडा, बोकाको विक्री गर्छन । यहाँको हिमाली क्षेत्रका चरन क्षेत्रमा फिरन्ते शैलीमा पालिने भेडाबाख्राकालागी बजार पुर्याउने झन्झट छैन । गाउँ–गाउँमा गरिने भूमेपुजा, बराह पुजा, विभिन्न जाति, जनजाहिरुको कुलपुजामा भेडाको वलीदिएर पुजा गर्न स्थानियले गोठबाटै खोसाखोस गर्छन ।
‘भेडा पालनमा राम्रो आम्दानीको संभावना छ । दु:ख त सवै काममा हुन्छ । अरव गएपनि रुखमा पैसा फल्ने हैन । पैसा यहींका डाँडापाखामा छ, टिप्ने सकिन्छ भन्ने विश्वास छ’ अन्नपूर्ण गाउँपालिका, ५ को नौलोवनमा भेटिएका २१ बर्षिय भेडा गोठाला प्रकाश पुनले भने, ‘१२ कक्षा पास भएपछि परिवार र आफन्त सवैले विदेश जा भन्थे तर म भेडा गोठाला बनें । ६० वटा भेडा किनेर साथीको गोठमा मिसिएको छु ।’
यसरी पुजा लाग्ने समय अनुसार भेडागोठपनि पायक पर्ने चरन क्षेत्रमा सार्ने चलन हुन्छ । बराहपुजा साउन महिनाको जनैपूर्णिमामा लाग्छ । मगरसमुदायले सवैभन्दा बढी मान्ने भूमेपुजा बैशाखमा लाग्ने गर्छ । सवै क्षत्री तथा मगर दुवै समुदायले आ–आफ्नो कुल पुजामा भेडाको साँड (भेडाको खसी नबनाएको बोका)ले वली दिने प्रचलन छ ।
म्याग्दीमा एक सय ९३ जना कृषकले परम्परागत फिरन्ते शैलीमा भ्याङ्लुङ्ग र बरुवाल जातका १६ हजारबढी रैथाने भेडा पाल्दै आएका छन । अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, नारच्याङ, दाना, दोवा रघुगंगा गापाको बेगखोला, भगवती, चिमखोला, कुईने–मंगले, मल्कवाङ्ग, र धवलागिरी गापाको मुदी, मुना, लुलाङ्ग र गुर्जा वस्ती भेडापालन पकेट क्षेत्र हुन । फिरन्ते भेडालाई चितुवा, बाघ, भालु जस्ता बन्यजन्तुको आक्रमण बढेको गोठालाको गुनासो छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
