FLASH NEWS
  • Loading...

अन्धगल्छीकाे सौन्दर्य

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४०२ पटक पढिएको
अन्धगल्छीकाे सौन्दर्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना र ४ नारच्याङमा पर्ने संसारको सर्वाधिक गहिरो कालीगण्डकी नदीले बनाएको अन्धगल्छीको खोप्राडाँडाबाट देखिएको मनोरम दृष्य ।

तल कालीगण्डकी नदी, बेनी–जोमसोम सडक र माथी धवलागिरी हिमाल देख्न सकिन्छ । कालीगण्डकी नदी पूर्व अन्नपूर्ण प्रथम हिमाल (८०९१मी) र पश्चिम धवलागिरी (८१६७मी)विचबाट कालीगण्डकी नदीको कटानले बनाएको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंच जस्लाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ ।

 

धौलागिरी र अन्नपुर्ण हिमालको नाम बाट छोटकरीमा यो गल्छीलाई ‘अन्ध गल्छी’ नामाकरण गरिएको हो । यही गहिरो खोंचबाट सडक मार्ग र आकाश मार्ग बाट मात्र हिमालपारीको जिल्ला प्रवेश गर्ने बाटा हुन ।