- Loading...
भगवान भेट्न जाने ८४ काे उकालो
- पुनहिल डट कम
- २ साल अघि
- ५३५ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धार गाउँको सिरानमा समुद्र सतहदेखी ४ हजार ६ सय ६० मिटर उचाईमा अवस्थ्ति छ, खयरवराही ताल ।
ताल छेउको खयरवाराही शक्तिपीठ मन्दीर छ । त्यहाँ जनैपुर्णिमाको दिनमा धार्मिक मेला लाग्छ । खयरवराही देवीको पुजाअर्चना गरी ‘वर’ मागेमा मनले इच्छाएको पुरा हुने गहिरो जनविश्वास रहेको खयरवराही धार्मिक पर्यटकको पुण्यस्थल हो ।
खयरवाराही पुग्न सवैभन्दा नजिकको वस्ती पाउद्वारबाट खयरवराही तालसम्म सामुदायीक सकृयतामा फराकिलो सिंढीसहितको बाटो, ५०–१०० मिटरको अन्तरमा विसौनी (चौतारी) र खानेपानीको ब्यवस्था गरिएको छ । यी सिंढी र चौतारीहरु कुनै सरकारी पैसाले बनेका हैनन । आफ्ना पृतिको नाममा खयरवराह प्रति आस्था र विश्वास भएका ब्यक्तिहरुले निजी खर्चमा बनाई दिएका हुन ।
पाउद्धारदेखी खयरवराहसम्म १७ हजार ८ सय सिंढी र दुई सयबढी चौतारा छन । खयरवराही मन्दीर पुन:निर्माण भएको छ । खयरवाराही शक्तिपीठमा आउने तीर्थयात्रीको खाना र वस्नकालागी सुविधाकालागी खोप्राडाँडा र खयरखोलामा प्लास्टिक टनेल (टहरा), शौचालय र खानेपानी ब्यवस्था छ ।
८४ को उकालो
खयरवराही धार्मिक पदमार्ग जस्ले खनेको हो, उसैको नामाकरण पनि गरिएको छ । त्यसैको उदाहरण हो, ‘चौरासीको उकालो’ । पाउद्वार गाउँका ८४ बर्ष पुरा गरेका ५ जना बृद्ध–बृद्धाहरुले आफ्नो ‘चौरासी पुजा’को सट्टा खयरवराही जाने बाटोको सवैभन्दा अप्ठ▒रो उकालोमा ९ लाख ६४ हजार रुपैयाँ खर्चेर चौतारी र सिंढी सहितको पदमार्ग बनाइ दिएका हुन । चौरासीको उकालो नामाकरण गर्नु अघि यस उकालोलाई जर्माष्टीको उकालो भन्थे । उकालो र भीरको अप्ठ▒रो बाटो मर्मत गरी सजिलो सिंढीसहितको बनेपछि खयरवराही पुग्ने तीर्थयात्रुले मनमनै पुण्यकाम गर्नेलाई आशिक दिएका छन । चौरासी पुजा भन्दा अप्ठ▒रो बाटो मर्मत गर्दा बढी पुण्य पाईन्छ ।
‘म ४५ बर्षदेखी यही खयरवाराही क्षेत्रमा भेडा गोठ राखेर विताएँ । पहिला अक्करे भीरको बाटो थियो । भक्तालुहरु भेडा गोठमा बस्थे । खाना आफैले बोकेर ल्याउँथे । खयरपुजा साह्ै कष्टकर थियो’ ७० बर्षिय भेडा गोठाला लालवीर तिलिजाले भने, ‘अहिले ब्यवस्थित भएको छ । ठाउँठाउँमा यात्रु बस्ने धर्मशाला र पानीको ब्यवस्था भएको छ ।’
खयरवाराही क्षेत्रको पूर्वाधार विकास गर्न पूर्व वेलायती सेनाका लेफ्टेन राजु पुन विगत १० वर्षदेखी ‘खयरभारानी थान तथा क्षेत्र संरक्षण कोष’ बनाई जुटेका छन । कोषले यस क्षेत्रको पूर्वाधार विकासमा अहिलेसम्म १ करोड ६० लाख खर्च भैसकेको र अझ धेरै काम गर्न बाँकी रहेको जनाएको छ ।
‘खर्च भएको रकममध्य १० लाख स्थानीय गाउँपालिकाको हो, बाँकी सवै रकम स्थानीय, देश तथा विदेशमा भएका खयरवाराहीमा विश्वास राख्ने भक्तजनले पठाएको रकम हो’ खयरवाराही शक्तिपीठका सेवक तथा खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष राजु पुनले भने, ‘अति कठिन र अप्ठ▒रो स्थानमा बाटो सहज बनाएका छौं । अझै धेरै स्थानमा बनाउनु पर्ने छ । हाईअल्टीच्युट हुने क्षेत्र भएकोले भक्तजनको आपतकालिन उद्धारकालागी खोप्रा, नौलोवन, खयरखोला र खयरवराह ताल क्षेत्रमा हेलिप्याड बनाउने योजना छ ।’
तीन दिन लामो खयरवाराही भेट्न जाने धार्मिक पदमार्ग देवी प्रति विश्वास र आस्था राख्नेहरुले स्वर्गीय आफन्त, पुण्य प्राप्तीकालागी खनेका हुन । आफै उपस्थित भै बाटो खन्न नसक्नेहरुले पैसा पठाएका हुन । सडक, चौतारी, खानेपानी, मन्दीर/थान, रेलिङ, यात्रुवासस्थान आदी संरचनाहरु जस्ले निर्माण गरेको हो, उसैको इच्छाअनुसार तत तत स्थानमै शिलालेख राखिएको छ ।
पुन भने, ‘१० वर्ष खयरभाराहीको सेवा गरें । अझै तिन वर्षमा पापीधर्मी उकालोमा रेलिङ राख्ने, धोतीखोलामा पानी पर्दा ओतलाग्ने टहरा बनाउने, खयरखोलामा थप एक वटा यात्रीवासस्थान बनाउने योजनामा छु ।’
यो पदमार्ग अन्नपूर्ण र धौलागिरी हिमश्रृखलामा देखिने सूर्योदय र सूर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल र हिमाली वन्यजन्तु एवं पंक्षिहरु हेर्न सकिन्छ । प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधता युक्त पदमार्गमा बर्षेनी पर्यटकको संख्या बढ्दै गएको छ ।
पर्यटनको लाभ समुदायले लिन सामुदायिक पदमार्ग खोल्ने, स्थानिय निकालयको लगानीमा परम्परागत ‘गोरेटो’को स्तर उन्नत गरी पर्यटक र भरियालाई पनि सुविधायुक्त पदमार्ग निर्माण गर्ने, नयाँ गन्तब्य खोजी र पदमार्ग निर्माण गरेका हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
