- Loading...
गलेश्वर मन्दिरमा साउने साेमबारकाे भेटी १८ लाख ७० हजारबढी
- पुनहिल डट कम
- २ साल अघि
- ५७२ पटक पढिएको

सदरमुकाम बेनीदेखी तीन किलोमिटर उत्तरमा बेनी नगरपालिका, ९ मा बेनी–जाेमसाेम सडक छेउमा अवस्थित प्रशिद्ध गलेश्वरधाम मन्दीरमा साउनका पाँच वटा सोमबारमा १८ लाख ७० हजार २ सय ५३ रुपैयाँ भेटी रकम जम्मा भएको छ ।
साउन ३० गते न्तिम सोमबार मात्र ४ लाख ६९ हजार ९ सय २९ रुपैयाँ भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
साउनको भेटीसहित मन्दीरको क्षेत्र विकास कोषकाे खातामा ३ करोड ९० लाख ४९ हजार ५ सय ८८ पुगेको काेषले जनाएको छ । कोषले गलेश्वर मन्दीरको हिसाव पारदर्शी गराउने उद्देश्यले साउने सोमबार, शिवरात्री, वालाचर्तुदर्शी जस्ता पर्वमा हुने पुजाअर्चनाको भेटी भोलिपल्ट र बाँकी दिन समय हरेक महिनाको अन्तिम दिन मन्दीरको भेटी गणनागरी वैंकमा जम्मा गर्ने गरेको छ ।
‘पवित्र धार्मिक स्थल (मन्दीर)ले आर्थिक रुपमा पारदर्शी बनाउन केही वर्षदेखी दानदातब्य, भेटी र चन्दालाई सार्वजनिक गर्दै आएका छौं’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले भने, ‘गलेश्वर मन्दीरमा आर्थिक एवं भौतिक वस्तुको पारदर्शीता शुरु गरेका छौं । नितीगत एवं निर्णय प्रकृया पारदर्शी बनाउँदै लगेका छौं ।’
धार्मिक संस्था अपारदर्शी रहेको आलोचना भैरहँदा म्याग्दीको गलेश्वर मन्दीरले भने साउने सोमबार, शिवरात्री, वालाचर्तुदर्शी जस्ता विषेश पर्वमा हुने पुजा अर्चनाको भेटी भोलीपल्ट र बाँकी समय हरेक महिनाको अन्तिम दिन प्रहरी, स्थानिय र कोषका पदाधिकारी र पुजारीको रोहोवरमा गणना गरी आम्दानी बाँध्ने र विभिन्न संञ्चार माध्यम र सामाजिक संञ्चालबाट समेत सार्वजनिक गर्दै आएको छ ।
मुक्तिद्वारको रुपमा परिचित कालीगण्डकी नदी किनाराका चार प्रमुख तीर्थस्थल मध्यको एक गलेश्वरमा तीन वर्ष अघिदेखी संकलित भेटी रकमलाई सार्वजनिक गर्दै पारदर्शी बन्ने प्रयत्न गरेको हो ।
भेटी रकम सदरमुकामका विभिन्न वैंक तथा वित्तिय संस्थामा जम्मा गरी आउने ब्याजबाट मन्दीरमा पुजारी, सरसफाई कर्मचारी, जेष्ठनागरिक आश्रम, वेदबिद्याश्रम संस्कृति विद्यालय आदी ब्यवस्थापनमा खर्च गर्ने गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
