FLASH NEWS
  • Loading...

सदरमुकाम बेनी बाहिरबाट पहिलाे पत्रिका प्रकाशन सुरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१८ पटक पढिएको
सदरमुकाम बेनी बाहिरबाट पहिलाे पत्रिका प्रकाशन सुरू

जिल्लामा सदरमुकाम बेनी बाहिरबाट पहिलाे साप्ताहिक पत्रिका प्रकाशन सुरू भएकाे छ । मालिका गाउँपालिका केन्द्र दरवाङ बजारबाट मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन सुरू भएकाे हाे ।

दरवाङबाट प्रकाशित हुने पत्रिकाकाे विमाेचन भने सदरमुकाम बेनीमा एक कार्यक्रम विच जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले विमाेचन गरे । बेनीमा सेटिङ गरिने पत्रिका छपाइ भने दरवाङबाट हुने छ । मालिका प्रेस साप्ताहिक पत्रिकाकाे सम्पादकमा गुनबहादुर पुन र प्रकाशकमा साधन राम्जाली रहेका छन । 

कार्यक्रममा जिसस प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, कांग्रेस उपसभापति केवी भण्डारी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, नेशनल मंगोल अर्गनाइजेशनका अध्यक्ष डिके पुन, र उद्योग वाणिज्य संघ मालिका अध्यक्ष लेकबहादुर पुनले पत्रिका प्रकाशनलाई निरन्तरताको शुभकामना सहित डिजिटल युगमा दुर्गम ग्रामिण भेगबाट पत्रिका प्रकाशन हुनु चुनाैतिपूर्ण रहेकाे विमाेचन कार्यक्रमका वक्ताले सुझाए ।