- Loading...
२४ श्रीमानले मागे सम्बन्ध विच्छेद
- पुनहिल डट कम
- २ साल अघि
- ३६२ पटक पढिएको

बेनी नगरपालिका, १० घर भै हाल वेलायतमा बसोबास गर्ने धनबहादुर वुडाथोकीले श्रीमति धनमायाँ वुढासँग सम्बन्ध विच्छेद गराई पाउन जिल्ला अदालत म्याग्दीमा फिराद हाले ।
वुढाथोकीले फिरादमा धनबहादुरले आफुले ११ वर्ष हङकङ र १६ वर्ष वेलायतमा श्रमगरी आर्जन गरेको सम्पूर्ण सम्पत्ति र छोराछोरी समेत श्रीमति धनकुमारी छुट्टै वसेकोले श्रीमतिको नाममा रहेको काठमाण्डौको घरसमेत सम्पत्ति अंशवण्डा गरी पाउन माग गरेका थिए । दुई छोरी र छोरासहित वेलायतमै बसोबास गरिरहेकी धनमायाँ फिरादको प्रतिउत्तर लगाउन आईनन । अदालतले निवेदकको माग दावी नपुगेको भन्दै फिराद खारेज गरिदियो ।
मंगला गाउँपालिका ३ का टकबहादुर चोचाङ्गीले श्रीमति तिर्सना पुन लामो समयदेखी सम्पर्कमा नभएको, आफुले आर्जनगरी पठाएको धनसम्पत्ति सहित लगेको, घरमा पनि नवसेको र माईतीमा खोज्दा नभेटेकोले सम्बन्ध विच्छेद गराई पाउने फिराद गरे ।
मुलुकी देवानी संहिताले पत्नीसंग सम्बन्ध विच्छेदकालागी सजिलो बनाएपछि अदालत पुग्ने पतिहरुको संख्या ह्वात्तै बढेको छ । सम्बन्ध विच्छेदका लागी पत्नीहरु मात्र अदालत पुग्ने गरेकोमा आर्थिक वर्ष ०७८/७९ मा २४ जना जना श्रीमान (पति)ले जिल्ला अदालतमा पत्नीलाई प्रतिवादी बनाई सम्बन्ध विच्छेदको फिदार दायर गरे । असार मसान्तसम्म २४ मध्य १२ जना पुरुषले सम्बन्ध विच्छेद पाए । ४ जना पुरुषले सम्बन्ध विच्छेदको दावी पुऱ्याउन सकेनन । १६ वटा मुद्धा चालु वर्षमा जिम्मेवारी सरी आएका छन ।
जिल्ला अदालतको अभिलेख अनुसार गत बर्ष दर्ता भएका २ सय ७० थान सम्बन्ध विच्छेदका मुद्धामध्य २४ थान मुद्धा पतिहरुले पत्नि विरुद्ध गरेका फिराद हुन । सोही अवधिमा २ सय ४६ जना पत्निहरु सँगै बस्न नसक्ने भन्दै पतिसँग सम्बन्ध विच्छेद पाउन फिराद गरेका थिए ।
‘गत बर्ष २४ जना पतिहरु पत्निसँग सम्बन्ध विच्छेद माग्दै अदालतमा फिराद गरे’ जिल्ला अदालतको मुद्धा शाखाकी डिठ्ठा अम्बिका शर्माले भनिन, ‘सम्बन्ध विच्छेद माग्ने प्राय: पुरुषहरुले आफुले विदेशबाट पठाएको सम्पत्ति श्रीमतिले हिनामिना पारेको, ३ बर्षदेखी घर नबसेको र छोराछोरीको रेखदेख नगरेको’ जस्ता साझा अभियोग लगाएका छन ।’
संहिता कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेदका फिराद लिएर अदालत आउने पति (पुरुष)ले मुलुकी देवानी (संहिता) ऐनको धारा ९४ अनुसार ‘पत्निले पतिको मञ्जुरी नलिई लगातार ३ बर्षदेखी अलग बसेमा, पत्निले पतिलाई खान लगाउन नदिएमा, अङ्गभङ्गगरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन राखेको ठहरेमा’ पत्नीको मञ्जुरी विना सम्बन्ध विच्छेद गर्न पाईने ब्यवस्था गरेको छ ।
‘प्राय: सवै सम्बन्ध विच्छेदको मुद्धाको खास कारण पर पुरुष/स्त्री यौन सम्बन्ध नै हुन्छन । तर यौन प्रमाण नहुनेहुँदा उल्टो गालीवेईजती मुद्धा लाग्ने भएकोले अदालतमा जाहेरी लेख्दा यी कुरा लेख्न मिल्दैन । त्यसैले साझा कुरा आफुले कमाइ पठाएको पैसा हिनामिना गरेको, वालवच्चालाई खानालगाउन नदिएको, आदी कुरा लेख्ने गरिएको छ’ अधिवक्ता ध्रुव शर्माले भने, ‘महिलाले अर्को पुरुषसँग लिभिङ टुगेदरमा रहेपनि दोस्रो विवाह अस्वीकार गर्ने र प्रमाण जुटाउन नसक्दा पुरुषले गरेका सम्बन्ध विच्छेदका फिराद अक्सर असफल हुन्छन ।’
विच्छेदको फिरादमा केही पत्नीहरुले ‘पति घर नहुँदा परिवारले विभिन्न आरोप लगाएको र पतिले पनि अरुको कुरा सुनेर वास्तविकता नवुझि आवेगमा सम्बन्ध विच्छेद मागेको’ प्रतिउत्तर गरेका छन । केहीले आरोप अस्वीकार गरेका छन । केहीले श्रीमान अर्कै महिलासँग लागेको र निहुँ खोज्न सम्बन्ध विच्छेद मागेको पनि आरोप लगाएका छन ।
त्यसैगरी मुलुकी देवानी (संहिता) ऐनको धारा ९५ मा ‘पतिले पत्नीको मञ्जुरी नलिई लगातार ३ वा बढी बर्षदेखी अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा, अङ्गभङ्गगरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विहे गरेमा, पतिले अन्य महिलासँग यौन राखेको ठहरेमा र पतिले पत्नीलाई जर्वजस्ती करणी गरेको ठहरेमा’ सम्बन्ध विच्छेद गर्न पाईने ब्यवस्था गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
