- Loading...
म्याग्दीका पालिकामा स्थानीय पाठ्यक्रम कहिले छापिन्छन ?
- पुनहिल डट कम
- २ साल अघि
- ३३७ पटक पढिएको

स्थानीय तहहरुले धमाधम स्थानीय पाठ्यक्रम बनाई पठनपाठन थालेका छन ।
केन्द्रबाट तय भएका पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोल लगाएतका पक्ष समेट्न नसकेपछि स्थानीय सरकारहरुले आधारभुत तहमा आफ्नै पाठ्यक्रम तयार गरी पठनपाठन थालेका हुन । जिल्लाको मालिका गाउँपालिकाबाहेक सवै स्थानीय तहले पाठ्यक्रम तयार पारेको जनाएका छन ।
बेनी नगरपालिका, अन्नपूर्ण र मंगला गाउँपालिकाले कक्षा १–८ सम्मकै स्थानीय पाठ्यक्रम तयारपारी कक्षा १–३ सम्म पाठ्यपुस्तक छपाई गरी पठनपाठन सुरु गरेका छन । रघुगंगा र धवालागिरी गाउँपालिकाले कक्षा ८ सम्मकै पाठ्यक्रम तयार पारेको र यस वर्ष कक्षा १–३ सम्मको पाठ्यपुस्तक छपाई गरी आगामी शैक्षिक सत्रदेखी लागु गर्ने जनाएका छन ।
‘हामीले २ बर्ष अघि देखी नै स्थानीय सामाग्री समावेश पाठ्यक्रम पढाउन सुरु गरेका छौं । पहिलो वर्षको पाठ्क्रक्रमका त्रुटी सच्याउँदै चालु शैक्षिक सत्रमा कक्षा ३ मा पनि स्थानीय तहमा निर्मित पाठ्यपुस्तक पढाउन थालेका छौं’ बेनी नगरपालिकाका श्रोत ब्यक्ति जयराम सुवेदीले भने, ‘स्थानीय परिवेशमा आधारित पाठ्यक्रममा समावेश विषयवस्तु, शब्द र भाषा बालबालिकालाई बुझाउन अलि गाहे भएको शिक्षकबाट सुझाव आएको छ । आगामी शैक्षिक सत्रबाट सुधार गर्दै लगिने छ ।’
बेनी नगरपालिकाले कक्षा १ कालागी तयार पारेको पाठ्यक्रममा तीन खण्डमा वीस वटा इकाई राखिएका छन । पाठ्यक्रममा पहिलो खण्डमा नगरपालिकाको परिचय, हाम्रो कृषी, हाम्रा पशुपन्छी, हाम्रा ब्यापार ब्यवसाय, महत्वपूर्ण स्थल र सम्पदाहरु, हाम्रो भाषा, धर्म संस्कृति र आरण, हाम्रा स्थानीय प्रविधी र परम्परागत सामाग्री समावेश छन ।
त्यसैगरी ब्यवसायीक तरकारी, फलफुल, टिुमर, कुखुरा, गाईभैसी, बाखूा, वङ्गुर, मौरी पालन र घरेलु उद्याृग तथा ब्यापार ब्यवसाय समावेश गरिएको छ । तेस्रो खण्डमा हाम्र एतिहासिक सम्पदा/स्थल, धार्मिक सम्पदा/स्थल, हाम्रा सांस्कृतिक सम्पदाहरु र हाम्रा प्राकृतिक सम्पदा वा स्थलहरु राखिएका छन । खण्ड क अनिवार्य खण्ड ख तीन पाठ र ग मा २ वटा पाठ एच्छिक हुन ।
‘हामीले १–५ कक्षासम्मको पाठ्यक्रम तयार परेका छौं । कक्षा १ को पाठ्यपुस्तक छपाई गरी लागु गरेका छौ । २ र ३ कक्षाका पाठ्यपुस्तक छपाई क्रममा छ । आउँदो शैक्षिक सत्रदेखी लागु हुन्छ’ रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘कक्षा ६–८ पाठ्क्रम निर्माण गर्न विषय वस्तु छनौट भैरहेको छ ।’
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाले पनि यसै सैशिक सत्रदेखी स्थानीय पाठ्यक्रममा पठनपाठन सुरु गरेको छ । गाउँपालिकाले कक्षा १–५ सम्मकालागी मौलिक विषयवस्तुमा आधारित पाठ्यक्रम बनाई चालु शैक्षिक सत्रमा कक्षा १–३ मा स्थानीय पाठ्यक्रम समावेश पाठ्यपुस्तक छपाई गरी पढाउन थालेको जनाएको हो ।
अन्नपूर्ण गाउँपालिकाले सामाजिक संस्कार र संस्कृति, धार्मिक स्थलहरु, पर्यटकीय स्थलहरु, विकास पूर्वाधार र हरित विद्यालय, प्राकृतिक श्रोत र सम्पदा, प्राकृतिक प्रकोप, परम्परागत प्रविधी, पेशा, सडक र ट्राफिक समेतका विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको जनाएको छ ।
‘मौलिक विषयवस्तुमा आधारित भै कक्षा १ को पाठ्यपुस्तक तयार गरी पठन पाठन सुरु गरेका छौं । पुस्तकमा ७० प्रतिशत चित्र र ३० प्रतिशत शब्द रहेका छन’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुनले भने, ‘माथिल्लो कक्षाको पनि पाठ्यक्रमकालागी विषयवस्तु छनौट गरिएको छ । सरोकारवालासंगको अन्र्तक्रियापछि गरी पाठ्यक्रम तयार छ, थप छलफलपछि अन्तीम टुङ्गोगरी पुस्तक छपाईपछि अर्को वर्षदेखी पठन–पाठन गर्छौ ं।’
हाल पालिका अध्यक्ष निर्वाचित भएका पुन त्यसअघि सोही पालिकामा शिक्षा शाखामा स्रोत ब्यक्ति एवं पाठ्यक्रम निर्माण तथा मस्यौदा समितिका संयोजक थिए ।
मालिका भने स्थानीय पाठ्यक्रम तयार पारिसकेको छैन । मालिका गाउँपालिकाले पाठ्यक्रम तयारी प्रकृयामा रहेको जनाएका छन ।
‘पाठ्यक्रम निर्माण प्रकृयामै छौं । पाठ्यक्रम निर्माण भैसकेको छैन’ मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले भने, ‘विषय विज्ञको रायसल्लाह लिएर पाठ्यक्रम निर्माण तथा मस्यौदा समिति निर्माण गर्ने काम भैरहेको छ ।’
मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख समेत रहेका श्रोत ब्यक्ति डेकबहादुर बानियाँका अनुसार कक्षा १–५ सम्म पाठ्यक्रम तयार पारेको मंगला गाउँपालिकाले सोही पाठ्यक्रमको आधारमा कक्षा १–३ मा पठनपाठन सुरु भएपनि पाठ्यपुस्तक छपाई क्रममै भएकोले विद्यार्थीको हातमा भने पुगेको छैन । ६–८ कक्षाको पाठ्यक्रम निर्माण सुरु भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
