- Loading...
माघ पहिलो साता म्याग्दी महोत्सव हुने
- पुनहिल डट कम
- २ साल अघि
- ४१४ पटक पढिएको

कोरोना कहरले थलिएको पर्यटन, ब्यवसाय तथा सर्वसाधारणमा बढेको मानसिक तनाव कम गर्न आउँदो माघ पहिलो साता म्याग्दी महोत्सव आयोजना गरिने भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले आन्तरिक प्रर्यटन बढाउने तथा मनोरन्जनको माध्यमबाट कोरोनाले थपेको मानसिक तनाव न्यूनिकरण गर्ने लक्ष्य सहित आगामी पुस २९ देखी माघ ९ गतेसम्म सदरमुकाम बेनीमा म्याग्दी महोत्सव गर्न लागेको हो । संघको शुक्रवार वसेको वैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
‘कोरोना कहर र त्यसपछि देखिएको आर्थिक मन्दीले मान्छेहरु मन खोलेर हाँस्न पनि सकेका छैनन । तनावपूर्ण जीवनमा महोत्सव मार्फत मनोरञ्जन दिलाउने र ब्यापार ब्यवसायलाई पनि प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो’ वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले भने, ‘महोत्सवले साना, लघु, मझौला उद्योग, जडिबुटीमा आधारित उद्योग ब्यवसाय, शिक्षा, कलासंस्कृति र पर्यटनमा भित्राउन र पर्वद्धन गर्न योगदान पनि पुर्याउँछ ।’
उपाध्यक्ष शाक्यले भने, ‘सवैलाई मानसिक रुपमा तयारी गर्न ६ महिना अघि नै महोत्सवको मिती तय गरेका हौं । महोत्सव केन्द्रीत भै कार्यक्रम तय गर्न सजिलो हुने छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
