- Loading...
गरिमा विकास बैंकको नाफा रु. १ अर्बबढी
- पुनहिल डट कम
- २ साल अघि
- २५३ पटक पढिएको

गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ ।
बैंकको रिजर्भको आकार २२.५० प्रतिशतले बढेर १ अर्ब २८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४ करोड रुपैयाँमा सीमित थियो।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ०.८५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.७२ प्रतिशत थियो। सीडी रेसियो ८५.३१ प्रतिशत रहेको बैंकको आधार दर ११.४१ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २२.७५ रुपैयाँबाट बढेर २३.०७ रुपैयाँ भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.७८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४.५७ रुपैयाँ रहेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
