- Loading...
पैह्राेले बाटाे छेकेपछि विर्सेका गाेरेटा खोज्दै यात्रु
- पुनहिल डट कम
- २ साल अघि
- २२८ पटक पढिएको

मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिका, ४ तेताङकी रिन्जिन गुरुङ्ग १७ बर्ष अघि रुप्सेछहराबाट काली तरेर पारी कोप्चेपानी–पैहेथाप्लाहुँदै घाँसागाउँ निक्लने बाटो भएर हिंडेकी थिईन । काप्रे–बाँदरजुङभीर फोडेर ०६४ फागुन २३ गतेदेखी मोटर/गाडी मुस्ताङ छिरेपछि पैदल हिंड्नु परेको थिएन ।
यस पटक साउन १६ गते काप्रेभीरमा ठुलो पहिरो खस्यो । पहिरोले बेनी–जोमसोम सडकमा सवारी साधनमात्र होईन पैदल मार्ग पनि रोकियो । बाटो अवरुद्ध भएपछि रिन्जिन गुरुङसमेत मुस्ताङ उक्लने/ओर्लने हजारौं यात्रुले झाडीले छोपेको, लेउ र झ्याउले ढाकेको यही पुरानो र सवैले विर्सेको बाटो खोजे । बेनी–जोमसोम सडक खुल्नु अघि मुस्ताङ्ग प्रवेश गर्ने एउटा मात्र घोडेटो थियो, यो । यही गोरेटो/घोडेटो बाटो वर्षेनी हजारौं पर्यटक, मुक्तिनाथ, दामोदर कुण्ड जाने तीर्थयात्रीले पैतालाले नापे । मुस्ताङ्गी जाडोमा तल र गर्मीमा माथी गरी वर्षको कम्तीमा दुई पटक हिंड्नै पर्थो । तर अहिले कोप्चेपानी, घाँसामा उसवेलाका होटल, रेष्टुरेन्ट, भट्टीपसलहरु सुनसान छन, अधिकांश जीर्ण भै भत्केका छन । स्थानीयले थातथलो छोडेर अन्यत्र गैसके ।
‘बाँदरजुँग भीरको पहिरोले धेरै वर्षपछि पुरानो पैदल बाटोमा हिंड्ने परिस्थिती आयो । लेउ लागेको, झाडीले छोपिएको जीर्ण बाटो हिंड्न कठिन भएपनि पुराना दिनको रमाईला स्मरणले हिंडाईको कष्ट विर्सिएँ’ मार्फाका प्रदीप थकालीले भने, ‘यी बाटाका भट्टीपसलमा रमाईलो गर्दैका साथीसंगीको याद आयो, त्यो गुल्जार सम्झें । मोटरबाटोले पुराना पैदल मार्ग नासिए ।’
साउन १६ गते रातीको अविरल वर्षापछि आएको पहिरोले बेनी–दरवाङ सडकको फापरखेतको खोल्सामा सडक बगायो । पहिरोले यातायातका साधनलाई मात्र पैदल यात्रा अवरुद्ध बनायो । पैदल यात्रुले पनि पहिरो छिचोल्न सकेनन । पहिरो छिचोल्न नसकेपछि यात्रुले सम्झे, तातोपानी–पखेर–सिमलचौरको तल्लोखण्डहुँदै सिम नजिक निक्लने पुरानो घोडेटो बाटो ।
‘फापरखेतको पहिरोले पखेर–सिमलचौर तल्लो खण्डको पुरानो घोडेटो बाटोमा हिंड्ने अवसर मिल्यो । उमेरमा यहीबाट कति पटक बेनीबाट खाद्यान्नको चामल र नुन बोकेर हिंडियो । २० बर्षपछि हिंड्दा विरानो जस्तो लाग्ने रहेछ’ मालिका गाउँपालिका, ६ का वीरबहादुर कामीले भने, ‘सवै कुराको मान्छेको उमेर जस्तै आफ्नै दिन हुने रहेछ । पहिलो कस्तो चहलपहल थियो, अहिले त्यहीबाट सुनसान । झाडी बनेको । झण्ड गोरेटो अझै रहेछ ।’
पहिराले यातायात अवरुद्ध भएपछि यात्रुले पुन: प्रयोग गरेका कोप्चेपानी–घाँसा र मसार–पखेर–सिमलचौर पदमार्ग उदाहरण मात्र हुन । जिल्लाका प्राय:सवै सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध छन । यातायात अवरुद्धभएसँगै यात्रुहरु पोकापन्तुरा बोकेर पुराना पैदल मार्ग खोजेर गन्तब्य लाग्ने गरेका छन ।
सडकमा बाढीपहिरोले यातायात अवरुद्ध हुँदा यात्रुले बैकल्पिक पदमार्ग प्रयोग गरेपनि खाद्यान्न समेत मालसामान ढुवानीमा भने समस्या भएको छ । सवारी साधनबाट हुने ढुवानी ५–१० मिटर चौडा पहिरोले अवरुद्धहुँदा मान्छेलाई ३–६ घन्टासम्म बोकाएर ढुवानी गर्दा लागत बढेको छ ।
‘हाम्रा जस्ता पहाडी भुगोलमा सवै वेला मोटरबाटोको मात्र भर परेन नहुने रहेछ । पुराना गोरेटा/घोडेटा बाटाहरु पनि मर्मत गरी राख्नु पर्ने रहेछ’ नेकपा एमालेका जिल्ला नेता हरीकृष्ण श्रेष्ठले भने, ‘असार/साउनमा पनि जिल्लाका धेरै गाउँ पुगें । सवै गाउँमा सडक पुगेपनि पुराना पदमार्ग नै बढी हिंडियो । पुराना बाटाहरु मर्मत, वरपिपल र चौतारा संरक्षण आवश्यक रहेछ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
