- Loading...
हामी एक चीन नीतिमा विश्वास गर्छौं : अध्यक्ष ओली
- पुनहिल डट कम
- २ साल अघि
- १५८ पटक पढिएको

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले एक चीन नीतिमा विश्वास गर्ने बताएका छन् । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउने पत्रकारसँग अन्तरक्रिया गर्दै बिहीबार ओलीले अरुजस्तो बाहिर-बाहिर एक चीन नीति भन्ने र भित्र-भित्रै फरक काम गर्ने नभएको बताएका हुन् ।
अमेरिकी सभामुख नान्सी पेलोसीले दुई दिनअघि ताइवान भ्रमण गरेको प्रसंगमाथि टिप्पणी गर्दै ओलीले छिमेकीहरूसँग भरपर्दो छिमेकीपनको भूमिका निभाउने बताए ।
‘हामी अर्काको राष्ट्रिय हितविरूद्ध पनि लाग्दैनौं र हाम्रो राष्ट्रियहितमा पनि अरूलाई हस्तक्षेप गर्न दिँदैनौं,’ उनले भने, ‘तर यो गठबन्धन सरकार भूराजनीतिक विषयमा केही मोडिए काम गरेको छ ।’
ओलीले नेपाललाई चलाउनका लागि भारत, चीन र अमेरिकाले व्यवस्था गर्ने भन्ने गलत भएको बताए । ‘भारत, चीन र अमेरिकालाई यहाँका मान्छेहरूले व्यवस्थापन गर्न आफूले खोजी-खोजी निम्त्याए,’ उनले भने, ‘मातृका कोइरालाले नेपालमा २६ वटा भारतीय सुरक्षा पोस्ट मागेर ल्याए । पछि कृतिनिधि विष्टले त्यसलाई हटाउन भनेर हटाइयो । त्यसमा भारतका तत्कालीन प्रधानमन्त्री नेहरुभन्दा पनि हाम्रो नेताको कमजोरी देखियो ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
