- Loading...
संलग्नताको नीति पक्षपाती सुवेदी बने प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार
- पुनहिल डट कम
- २ साल अघि
- २०४ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गरेका छन् । देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आएका सुवेदीलाई सल्लाहकार छनोट गरेका हुन् ।
राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले ‘युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा’ गर्ने प्रस्तावको पक्षमा मतदान गरेको थियो । चीन विराेधी अभियानमा अमेरिकि धारकाे नेपाली वकालत गर्दै अाउका सुवेदी प्रम देउकाका सल्लाहकार बनेका हुन । यसलाई लिएर विपक्षी मात्र होइन, सत्तारुढ दलहरुले नै असन्तुष्टि जनाएका थिए । प्रमुख प्रतिपक्षी एमालेले सरकारमाथि असंलग्न परराष्ट्र नीतिबाट विमुख भएको आरोप लगाएको छ ।
रुस-युक्रेन युद्धमा युक्रेनको पक्षमा गरेको मतदानमा निरन्तर प्रश्न उठेपनि मौन बसेका देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आएका सुवेदीलाई छनोट गर्नु अर्थपूर्ण मानिएको छ ।
देउवाको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई, गेजा शर्मा वाग्ले लगायतको चर्चा थियो ।तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गरेको छ ।
भारतीय संस्थापन समूहसँग राम्रो सम्बन्ध भएका उनले अमेरिकी सहयोग परियोजना एमसीसीमा खुलेर देउवाको बचाउ गरेका थिए ।
‘गणेशमानजीले त कांग्रेस कुनै जमानामा त्याग्नुभएको थियो भने मैले त्याग्नु कुन नयाँ कुरा भयो र ?,’ सुवेदी भन्छन्, कांग्रेससँगको आवद्धता त्यागेको हो, तर म डेमोक्र्याट हुँ ।’
सुवेदीले विभिन्न जलविद्युत आयोजना, घरजग्गा कारोबार, पोखरा–मुक्तिनाथ केबलकार लगायतका परियोजनामा लगानी गरेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
