- Loading...
ओलीलाई एक्ल्याउने रणनीतिमा दिल्ली
- पुनहिल डट कम
- २ साल अघि
- २७२ पटक पढिएको

सरकारले आगामी संसद र प्रदेश सभाको निर्वाचनको घोषणा गर्ने तयारीसंगै नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली एक्लो बनाउन दिल्ली लागी परेकाे छ ।
कालापानी, लिम्पियाधुराको भूमि समेटेर चुच्चे नक्सा जारी र भारतकाे विराेध वेवास्ता गरी चीनसँग पारवाहन सन्धी समेत गरेपछि एमाले र वली प्रति रूष्ट दिल्ली बदला लिन चाहन्छ ।
नेपाली कांग्रेसका पूर्व नेता महन्थ ठाकुर नेतृत्वको तराइ मधेशवादी पार्टीलाइ सत्ताको बाटो खोलिदिन संसदमा छलफल भएर संसदीय समितिले पारित गरी सदनको बैठकमा प्रस्तुत गर्नका लागि पठाइसकिएको नागरिकता विधेयकलाई देउवा सरकारले फिर्ता लिएर संसदीय समितिले पारित गरेका प्रावधान हटाई अर्को नागरिकता विधेयक पेश गरेर पनि संसदबाट पास गराइएको छ।
ठाकुरको मुख्य माग पूरा गरिदिएर उनलाई सत्तामा सहभागी गराई ओलीसँगको मधेशको सहकार्य भत्काउने रणनीति सत्ता गठबन्धनले बनाएको छ।
नागरिकता विधेयकमा परिवर्तन र सत्ता गठबन्धन दह्रो बनाउने पछिल्लो रणनीति माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणपछि सतहमा आएको हो।
स्रोतका अनुसार, दुबैजनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्टिय सुरक्षा सल्लाहकार अजित डोभालसँग विशेष कुराकानी गरेका थिए। सो क्रममा आगामी दिनमा कसरी अघि बढ्ने र भारतले कसरी साथ दिन सक्छ भन्नेबारे विस्तृतमा छलफल भएको थियो। जसअनुसार भारतले साथ सहयोग गर्ने कुरामा डोभालसँग सहमति भएको छ।
केही अघिसम्म केपी ओलीलाई साथ दिँदै आएको लोसपा देउवा सरकारमा समेल हुन तयार हुनुमात्र होइन, चुनावमा पनि सत्ता गठबन्धनसँगै सहकार्य गरी अघि बढ्न सहमत हुनेछ। यसले मधेशमा सम्भावित एमालेसँगको गठबन्धनलाई असम्भव बनाइदिने तर्क गरिएको छ।
यसको छनक पाएका एमाले अध्यक्ष ओलीले केही दिनअघि राजधानीमा आयोजित एउटा कार्यक्रममा कालापानी, लिम्पियाधुराको भूमि समेटेर चुच्चे नक्सा जारी गरेपछि आफ्नो सरकार गिराउने षड्यन्त्र गरिएको र आफूलाई सत्ताच्यूत गराइएको कुरा बताएका थिए।
सत्ताको नेतृत्व गरेका बेला ओलीले भारतविरोधी प्रधानमन्त्रीको छवि बनाएका थिए शुरु शुरुमा। यही मेसोमा उनले चीनसँग पारवाहन सन्धीसमेत गरिदिए भारतको असन्तुष्टि हुँदा हुँदै। ओलीलाई सत्ताबाट हटाउन अनेक प्रयत्न गरिरहेको भारतले ओलीलाई नै प्रयोग गरेर सत्ताबाट हट्ने वातावरण बनायो । अव फेरि ओली नआओस् भन्ने कुरामा भारत थप सचेत गएको एक मधेशवादी दलका नेताले बताए।
यसका लागि ओलीलाई एक्ल्याउने र आगामी चुनावमा ओलीवाहेकको मोर्चावन्दी गरी राष्ट्रवादी रूझान देखाएका ओली र उनको दललाई न्यूनतम सिटमा झार्ने नयां रणनीतिअनुसार केही सातादेखि नेपालको राजनीति तात्न थालेको छ। अासन्न संघ र प्रदेशकाे निर्वाचन भारत (दिल्ली)समेत सत्ता गठवन्धनका काँग्रेस, माअाेवादी समेत एकापट्टी र देशभक्त तथा राष्ट्रवादी रूझान सहित एमाले अर्काे खेमामा बाँडिने देखिएकाे छ ।*समाचार डिसिनेपालमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
