- Loading...
रुम पहिरोका घाईतेलाई वल्न बेनी अस्पताल ल्याईयो, पाेखरा पुर्याउन अार्थिक समस्या
- पुनहिल डट कम
- २ साल अघि
- ३९७ पटक पढिएको

म्याग्दीको मालिका, २ रुमको घाङलेपानीको पहिरोमा परी घाइते भएका ६७ बर्षिया गोरी र उनका ६२ बर्षिय श्रीमान गोठे विकलाई ३७ घन्टापछि अस्पताल पुर्याइएको छ ।
बुधवार मध्यान्न मौषम सफाभएपछि स्थानीयले ५ घन्टा लामो घुमाउरो बाटो गरी घाईतेलाई स्टेचरमा बोकेर मालिका गाउँपालिका मुकाम दरवाङको घुमाउनेपहिरोसम्म ल्याएका थिए । प्रमुख जिल्ला अधिकारी चिरिन्जीवि रानाका अनुसार दरवाङको घुमाउने पहिरोबाट सदरमुकामबाट पठाएको एम्बुलेन्सले उद्धारगरी घाईतेलाई साँझ ५ बजे बेनी अस्पताल ल्याइ पुर्याईएको हो ।
‘खराव मौषकको कारण मंगलवार हेलिवाट घाईते उद्धार गर्न नसकिएको र बुधवार स्टेचरमा राखेर ल्याउन थालेको खवर पाएपछि गाडी पुग्ने स्थानसम्म एम्बुलेन्स पठाएका हौं’ प्रजिअ रानाले भने, ‘बृद्धाको छातीमा गहिरो चोट भएकोले थप उपचारकालागी पोखरा रिफर गर्नु भएको छ ।’
बेनी अस्पतालले घाईते वृद्धा गोरीको छातीमा गहिरो चोट भएकोले करङ भाँचिएको र रगत जमेको देखिएकोले थप उपचारकालागी पोखरा रिफर गरेको छ । अर्का घाईते गोठे विकको भने एक्सरे समेतका स्वास्थ्य परिक्षण भैरहेको छ ।
घाइतेकाे सहयाेगीकाे रूपमा अाएका मालिका गाउँकार्यपालिका सदस्य अनुप गाैचनका अनुसार अार्थिक ब्यवस्थापन गरी भाेली विहान मात्र पाेखरा जाने कुरा भएकाे छ । अस्पतालले घाईतेलाई पोखरा लैजान रिफर गरेपनि तर आफन्तले पोखरामा लैजान उपचार खर्च नभएको र राती पोखरा अस्पतालमा अलपत्र परिने त्रासले रातभरीमा आर्थिक ब्यवस्थापन गरी विहिवार विहान मात्र जाने बताएका छन ।
‘घरको सवै पहिरोले लग्यो । बाँचेका बाजेबजैलाई जसोतसो गाउँलेको सहयोगमा अस्पताल ल्यायौं । पोखरा पुग्नु पर्ला भन्ने भएन । पैसाको कुनै जोहो नभएकोले राती अस्पतालमा अलपत्र पर्नु भन्दा रातभर आफन्तसँग हारगुहार गरी उपचार खर्च जोडेर भोली विहान जान्छौं’ घाईतेसँगै रहेका छोरीका छोरा नाती सन्तोष वराईलीले भने, ‘सहरमा पैसा नभै कस्ले उपचार गर्देला र ?’
मंगलवार विहान ४ बजे खसेको पहिरोमा पुरिएर मालिका गाउँपालिका, २ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर एकै परिवारका ३७ बर्षिय घामबहादुर, उनीकी ३२ बर्षिय श्रीमती राममायाँ र ८ बर्षिया छोरी रोजीको मृत्यु भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
