- Loading...
पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु, पहिराेले हुत्याउँदा वाँचे बृद्ध दम्पत्ति
- पुनहिल डट कम
- २ साल अघि
- २७७ पटक पढिएको

घरमाथीबाट खसेको पहिरोमा परी मालिका गाउँपालिका, २ रुम घाङ्लेमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । साेही पहिराेले हुत्याउँछा छिमेकी/अाफन्त बृद्ध दम्पत्ति भने बाँच्न सफल भएका छन ।
मंगलवार विहान अन्दाजी ४ बजे घरपछाडीको पाखा बग्दै घरमाथी खसेपछि घरमा रहेका ३७ बर्षिय घामबहादुर विक, उनीकी श्रीमति ३२ बर्षिया राममायाँ, छोराहरु १७ बर्षिय नविन, १४ बर्षिय राजन र ८ वर्षकी छोरी रोजी विकको मृत्यु भएको हो ।
पहिरोमा परि छिमेकी ६२ बर्षिय गोठे विक र उनकी ६७ बर्षिया गोरी विक घाईते छन । उनीहरुलाई पहिरोको हावाले बाहिर वारीमा हुत्याई दिएको थियो । गोठे र गोरी पहिरोमा ज्यान गुमाउने घामबहादुरका कान्छा बा/कान्छि आमा हुन ।
मालिका गापा, २ को वडासचिवको समेत जिम्मेवारी संहालेका स्थानीय रुम स्वास्थ्य चौकीका अहेव दिनेश यादवका अनुसार पहिरो विहानै ४ बजे झरेको हो । छिमेकीहरुले भने विहान ६ बजेपछि मात्र पहिरोले घर पुगेको थाहा पाएका थिए । वस्ती भन्दा केही पर एकान्तमा घर भएकोले तत्काल उद्धार हुन नसकेको हो ।
मृतक घामबहादुरको घर माथी र केही तल गोठेको घर थियो । पहिरोले माथिल्लो घर बगाउँदै तल्लो घर पनि पुरेको हो । इलाका प्रहरी कार्यालय दरवाङबाट घट्ना स्थल पुगेका प्रहरी निरिक्षक सागर पन्तका अनुसार ठूलो आवाज सहित पहिरो खसेपछि हेर्न निक्लेका जुठे दम्पत्तिलाई बाहिर हुत्याएको र घर पुरै पुरेको हो ।
‘विहान अँधेरैमा पहिरोको ठूलो आवाज आएपछि घाईते दम्पत्ती हेर्न बाहिर निक्लेको वेला पहिरोले घर लगेछ, दम्पत्तिलाई पाखा हुत्याएछ । मृतक सवै एक परिवारका रहेछन । मुचुल्का गरी परम्परागत संस्कार अनुसार आफन्तले दाह संस्कार गर्ने तयारीमा हुनुहुन्छ’ प्रहरी निरिक्षक पन्तले भने, ‘घाईतेलाई स्टेचरमा राखेर दरवाङ र दरवाङबाट बेनी पुर्याउन पनि पहिरोले यातायात अवरुद्ध भएकोले खराव मौषमले हेलिकोप्टरबाट उद्धारमा समस्या भएको हो ।’
पहिरोमा घाईते गोठे र गोरीको थप उपचारकालागी बेनी, पोखरा समेत सहरमा पुर्याउन सडक पहुँच नभएको र खराव मौषम भन्दै हेलिकोप्टर नआएपछि स्थानीय स्वास्थ्य चौकीमै उपचार भैरहेको छ । हेल्थपोष्ट इन्चार्ज अहेव यादवका अनुसार वृद्धा गोरीको छातीमा गहिरो चोट भएकोले करङ भाँचिएको जस्तो देखिएको छ, रगत जमेको र सुन्निएको छ । बाँया हात, टाउको र अनुहारमा पनि चोट लागेको छ । गोठे विकको भने टाउको र शरिरमा चोट छ । उनी उठेर कालो चियासम्म पिउन सके ।
‘विरामीलाई स्टेचरमा राखेर भएपनि पालिका मुकाम रहेको दरवाङ स्थित प्राथमिक स्वास्थ केन्द्र वा वेनीसम्म पुर्याउन सकिन्थ्यो । तर पहिरोले बाटो वन्द भएको भन्दै कोही पनि स्थानीय उद्धारकर्ता अगाडी नसरेकोले मैले जे सक्छु प्रयास गरेको छु’ अहेव यादवले भने, ‘म विरामीलाई कुरेर बसेको छु । सक्ने प्रयास गर्छ ।’
प्रहरीका अनुसार पहिरोले गोठे विकका दुई वटा खच्चड पनि गोठमा पुरिएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
