FLASH NEWS
  • Loading...

म्याग्दीकाे रूमकाे पहिरोमा पुरिएर दुई जनाको मृत्यु, तीन जना वेपत्ता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५४ पटक पढिएको
म्याग्दीकाे रूमकाे पहिरोमा पुरिएर दुई जनाको मृत्यु, तीन जना वेपत्ता

मालिका गाउँपालिका, २ रुमको तामेङमा पहिरोले दुइ घर पुर्दा दई जना घट्नास्थलमा मृत्यु भएको छ । तीन जना वेपत्ता छन । दुई जना सिकिस्त घाईतेको स्थानीयले उद्धारगरी उपचारकालागी प्राथमिक श्वास्थ्य केन्द्र दरवाङ लगिदै छ ।
प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाका अनुसार मंगलवार विहान अन्दाजी ६.३० बजे खसेको पहिरोले घामबहादुर विक र गाेठे विककाे घर पुर्दा गाेठेका छाेराहरू नविन र राजन विकको घट्नास्थलमा मृत्यु भएको हो । पहिराेमा पुरिएर घामबहादुर, श्रीमति राममायाँ र छाेरी रोजी विक वेपत्ता छन । पहिराेमा परी गाेठे र श्रीमति गाेरी विक गम्भीर घाइते छन ।
घट्नास्थलमा पैदल दुरीमा तीन घन्टा उकालो र टाढा रहेकोले प्रहरी पुग्दै छ । पहिरोग्रस्त क्षेत्रमा भारी वर्षा जारी रहेकोले वेपत्ताको खोजी र उद्धारमा समस्या भैरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए ।