FLASH NEWS
  • Loading...

पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु, पहिराेले हुत्याउँदा वाँचे बृद्ध दम्पत्ति

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३५ पटक पढिएको
पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु, पहिराेले हुत्याउँदा वाँचे बृद्ध दम्पत्ति

घरमाथीबाट खसेको पहिरोमा परी मालिका गाउँपालिका, २ रुम घाङ्लेमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । साेही पहिराेले हुत्याउँछा छिमेकी/अाफन्त बृद्ध दम्पत्ति भने बाँच्न सफल भएका छन । 
मंगलवार विहान अन्दाजी ४ बजे घरपछाडीको पाखा बग्दै घरमाथी खसेपछि घरमा रहेका ३७ बर्षिय घामबहादुर विक, उनीकी श्रीमति ३२ बर्षिया राममायाँ, छोराहरु १७ बर्षिय नविन, १४ बर्षिय राजन र ८ वर्षकी छोरी रोजी विकको मृत्यु भएको हो ।
पहिरोमा परि छिमेकी ६२ बर्षिय गोठे विक र उनकी ६७ बर्षिया गोरी विक घाईते छन । उनीहरुलाई पहिरोको हावाले बाहिर वारीमा हुत्याई दिएको थियो । गोठे र गोरी पहिरोमा ज्यान गुमाउने घामबहादुरका कान्छा बा/कान्छि आमा हुन ।
मालिका गापा, २ को वडासचिवको समेत जिम्मेवारी संहालेका स्थानीय रुम स्वास्थ्य चौकीका अहेव दिनेश यादवका अनुसार पहिरो विहानै ४ बजे झरेको हो । छिमेकीहरुले भने विहान ६ बजेपछि मात्र पहिरोले घर पुगेको थाहा पाएका थिए । वस्ती भन्दा केही पर एकान्तमा घर भएकोले तत्काल उद्धार हुन नसकेको हो ।
मृतक घामबहादुरको घर माथी र केही तल गोठेको घर थियो । पहिरोले माथिल्लो घर बगाउँदै तल्लो घर पनि पुरेको हो । इलाका प्रहरी कार्यालय दरवाङबाट घट्ना स्थल पुगेका प्रहरी निरिक्षक सागर पन्तका अनुसार ठूलो आवाज सहित पहिरो खसेपछि हेर्न निक्लेका जुठे दम्पत्तिलाई बाहिर हुत्याएको र घर पुरै पुरेको हो ।
‘विहान अँधेरैमा पहिरोको ठूलो आवाज आएपछि घाईते दम्पत्ती हेर्न बाहिर निक्लेको वेला पहिरोले घर लगेछ, दम्पत्तिलाई पाखा हुत्याएछ । मृतक सवै एक परिवारका रहेछन । मुचुल्का गरी परम्परागत संस्कार अनुसार आफन्तले दाह संस्कार गर्ने तयारीमा हुनुहुन्छ’ प्रहरी निरिक्षक पन्तले भने, ‘घाईतेलाई स्टेचरमा राखेर दरवाङ र दरवाङबाट बेनी पुर्‍याउन पनि पहिरोले यातायात अवरुद्ध भएकोले खराव मौषमले हेलिकोप्टरबाट उद्धारमा समस्या भएको हो ।’
पहिरोमा घाईते गोठे र गोरीको थप उपचारकालागी बेनी, पोखरा समेत सहरमा पुर्‍याउन सडक पहुँच नभएको र खराव मौषम भन्दै हेलिकोप्टर नआएपछि स्थानीय स्वास्थ्य चौकीमै उपचार भैरहेको छ । हेल्थपोष्ट इन्चार्ज अहेव यादवका अनुसार वृद्धा गोरीको छातीमा गहिरो चोट भएकोले करङ भाँचिएको जस्तो देखिएको छ, रगत जमेको र सुन्निएको छ । बाँया हात, टाउको र अनुहारमा पनि चोट लागेको छ । गोठे विकको भने टाउको र शरिरमा चोट छ । उनी उठेर कालो चियासम्म पिउन सके ।
‘विरामीलाई स्टेचरमा राखेर भएपनि पालिका मुकाम रहेको दरवाङ स्थित प्राथमिक स्वास्थ केन्द्र वा वेनीसम्म पुर्‍याउन सकिन्थ्यो । तर पहिरोले बाटो वन्द भएको भन्दै कोही पनि स्थानीय उद्धारकर्ता अगाडी नसरेकोले मैले जे सक्छु प्रयास गरेको छु’ अहेव यादवले भने, ‘म विरामीलाई कुरेर बसेको छु । सक्ने प्रयास गर्छ ।’
प्रहरीका अनुसार पहिरोले गोठे विकका दुई वटा खच्चड पनि गोठमा पुरिएका छन ।