- Loading...
नयाँ नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्यो : ओली
- पुनहिल डट कम
- २ साल अघि
- ५६३ पटक पढिएको

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।
अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हटनु परेको दाबी गरेका हुन् ।
ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे । प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पीर नलागेको तर सत्तामुखि भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रियासमेत दिए । अवसरमा उहाँले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरु उत्तरी सिमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौंता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराउनु भयो । ‘नाकाबन्दीका बेला नाकाबन्दी लागेपछि मैले उत्तरतिरबाट पनि ट्रान्सर्पोट, ट्रान्जिट एग्रिमेन्ट गरेँ । उत्तरतिरका पनि नाका खोलेर अबउप्रान्त नेपालमा नाकाबन्दी हुन नसक्ने परिस्थिति सिर्जना गरेँ । मलाई थाहा थियो–त्यसपछि मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ,हटाइन्छ, त्यो मलाई थाहा थियो,’ उनले भने ।
त्यस्तै सुगौली सन्धिले नै नेपालको सीमा प्रस्ट पारेको उल्लेख गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकोमा विवाद नभएको बताए । ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कायान्वयन भइसकेको सुगौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भूभाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन । तर कहिलेबाट छोडियो ? नेपालको नक्साबाट त्यो भूभाग हटाइयो । पहिले त्यो भूभाग थियो, पछि हटाइयो । हटाइएको रहेछ–इतिहास खोज्दै जाँदा । त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो । अव यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । र, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ । त्यो कुरा थाहा थियो । र, नभन्दै हट्नुपर्यो पनि । त्यसमा पनि मलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा पीर छैन । तर देश जता जाँदैछ, जता लगिदैछ । त्यस कुरामा पीर छ,’उनले भने । *समाचार कान्तिपुरमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
