FLASH NEWS
  • Loading...

सुन्तलाका विरुवा खरिद पारदर्शी रहेकाे दावी

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३२५ पटक पढिएको
सुन्तलाका विरुवा खरिद पारदर्शी रहेकाे दावी

रघुगंगा गाउँपालिकाले फलफुलका विरुवा खरिद तथा डिपिआर निर्माणमा पारदर्शी गरिएकाे र कुनै सेटिङ नभएकाे भन्दै खण्डन गरेको छ ।
आइतवार पत्रकार सम्मेलन गरि फलफुलका विरुवा, लगायत विभिन्न सामग्री खरिदमा कमिसनको चलखेलकोआरोप अस्वीकार गरेकाे हाे ।  गत साता रघुगंगा गाउँपालिका–२ का कृषक बालकृष्ण कटुवालले गाउँपालिकाले बाहिरबाट सुन्तलाका विरुवा लिएको र आफ्नो नर्सरीबाट खरिद नगरेको भन्दै गाउँपालिका परिसरमा सुन्तलाका विरुवा फ्याँकेर विरोध जनाएपछि गाउँपालिकाको चौतर्फि विरोध भएको थियो ।

कटुवालले उक्त फर्मले बाहिर जिल्लाबाट कम गुणस्तरको विरुवा लिएर विक्रि गरेको आरोप लगाएपछि गाउँपालिकाले सम्बन्धित नर्सरी फर्म, आरोप लगाउने फर्मका सञ्चालक , सञ्चारकर्मी र सरोकारवाला समेतलाई छलफलका लागि पत्राचार गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सार्वजनिक खरिद ऐन अन्तरगत कम दररेट पेश गरेको फर्मबाट विरुवा खरिद गरिएको बताउँदै विधि र पद्धति भन्दा वाहिर रहेर गाउँपालिकाले कुनै पनि सामान खरिद नगरेको दावी गरे ।