FLASH NEWS
  • Loading...

पहिराेले बेनी-जाेमसाेम र बेनी-दरवाङ सडकमा यातायात अवरूद्ध

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२९ पटक पढिएको
पहिराेले बेनी-जाेमसाेम र बेनी-दरवाङ सडकमा यातायात अवरूद्ध

आईतवार साँझदेखीको लगातारको बर्षापछि पहिरोले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम तर्फको बेनी–दरवाङ सढकमा यातायात अवरुद्ध भएको छ ।
बेनी–जोमसोम सडक आयोजनाका फिल्ड सुपरभाइजर इन्द्रसिं शेरचनका अनुसार बेनी–जोमसोम सडक अन्र्तगत बेनीको सेतीपहिरो, अन्नपूर्ण गापा, २ तातोपानीको भीर, रुप्से झरना र मुस्ताङको थासाङ गाउँपालिकाको कैको खोलामा आएको पहिरोले यातायात अवरुद्ध छ ।
त्यसैगरी सदरमुकामबाट पश्चिम जाने बेनी–दरवाङ्ग सडकको बेनी नगरपालिका, ४ तातोपानीस्थित फापरखेत र मालिका गाउँपालिका, ६ बाङ्गेपहिरो र मंगला गापा, २ सिमीमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।
‘लगातारको बर्षापछि जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ–मुना सडकका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध छन’ जिल्ला प्रहरी प्रमुख डिएसपी तिलक भारतीले भने, ‘बेनी–बाग्लुङ सडकबाहेक ग्रामिण भेगका सवै सडकमा पहिरोले धेरै स–साना अवरोध छन । विहान ७ बजेसम्म कतै ठूला वाढीपहिरा
े र विपतको खवर छैन ।’