FLASH NEWS
  • Loading...

सञ्जय श्रेष्ठको ‘तिम्रै यादमा’ गीति सङ्ग्रह विमोचन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८० पटक पढिएको
सञ्जय श्रेष्ठको ‘तिम्रै यादमा’ गीति सङ्ग्रह विमोचन

बेनीका साहित्यकार सञ्जय कुमार श्रेष्ठको दोस्रो कृति ‘तिम्रै यादमा’ गीति सङ्ग्रहको विमोचन गरिएको छ ।

आईतवार श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्र बेनीले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्य, सेवा केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा र पौलस्त्य साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर बानियाँले संयुक्त कृतिको विमोचन गरे ।

श्रेष्ठको यसअघि ताली र गाली लघु कथा सङ्ग्रह प्रकाशित छ । श्रेष्ठकाे रेल पुग्यो बम्बईमा, भेट भयो सलल, दोभान व्याण्डको पहिलो नजर र जिस्की नहिड, जस्ता लोकपप गीतहरु सृजना गरेका छन ।