FLASH NEWS
  • Loading...

काेराेना संक्रमण बढ्याे तर म्याग्दीमा काेराेना परिक्षण बन्द

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६० पटक पढिएको
काेराेना संक्रमण बढ्याे तर म्याग्दीमा काेराेना परिक्षण बन्द

पछिल्लो चौबिस घण्टामा देशभर थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ८४६ नमुना परीक्षण गर्दा ६२० जना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणा दिन दिनै बृद्धी भैरहेकाे बेला म्याग्दीमा भने काेराेना परिक्षण समेत बन्द गरिएकाे छ । जिल्लाका स्वास्थ्य संस्थामा वेसिजनको ज्वरो र रुघाखोकीका विरामीको संख्या बृद्धी हुनु र देशभर कोरोना संक्रमण दर वृद्धी एकसाथ भएपनि बेनी अस्पतालले शंकास्पद कोरोनाका विरामीलाइ अाइसाेलेसन गर्ने, एन्टीजिन वा पिसिअार परिक्षण गरी संक्रमित पत्ता लगाइ उपचार गर्न राेकिएकाे छ । 
रुघाखोकी, उच्च ज्वरा, शरिर दुख्ने समेतका कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपनि बेनी अस्पतालल कोरोना परिक्षण वन्द गरेको छ । स्वास्थ्यकर्मी अभाव भएको भन्दै अस्पतालले कोरोना परिक्षण र आईसोलेसन उपचार बन्द गरेको जनाएको छ । 
‘सिन्ट्रोमेटिक विरामीलाई सोही अनुसारको औषधी दिएर उपचार गर्ने गरिएको छ’ बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सापकोटाले भने, ‘कोरोना परिक्षण मात्र होईन, जनशक्ति अभाव भएपछि ओपिडीमा विरामी परिक्षण दर घटेको छ । शल्यक्रिया त वन्द नै छ ।’