- Loading...
कोरोनाकाे चौथो लहरको संकेत !
- पुनहिल डट कम
- २ साल अघि
- ३५५ पटक पढिएको

पछिल्लो साता नेपालमा कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको छ।
पछिल्लो चौबिस घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ।
बुधवार र बिहीबारको संक्रमणको दर हेर्दा यो वर्ष कै उच्च संक्रमित दर हो। पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि नागरिकमा चौथो लहर आउन लागेको हो कि भन्ने त्रास पनि बढ्दै गएको छ।
पछिल्लो समय दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दै गएपनि यसले बिकराल रुप लिन नसक्ने अनुमान विज्ञहरुको रहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन पनि पछिल्लो समय दैनिक रुपमा कोरोना संक्रमितको दर बढेपनि यसले पहिलो र दोस्रो लहर जस्तो भयाभहक रुपमा आक्रान्त पर्न नसक्ने उनको अनुमान छ।
पुनका अनुसार यो भाइरस विश्वभरबाट पुरै अन्त्य हुन केही समय लाग्छ। नेपालमा पनि पछिल्लो समय देखिएको भाइरस ओमिक्रोन भाइरस कै उपप्रजाति भएकाले मानिसमा चाँडो सर्ने भएकाले संक्रमणको दर बढेको उनको भनाइ छ।
यसको मतलब यसले केही पनि गर्दैन भन्ने होइन। तर पहिले आकस्मिक आएजस्तो अस्तव्यस्त पूर्वाधार पनि छैन। धेरै जनाले कोरोनाविरुद्धको खोप पनि हानिसक्नु भएको छ। उपचार पद्धतीमा पनि पहिले भन्दा धेरै सहजता बढेको छ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
