- Loading...
शंकास्पद चामल परीक्षणमा
- पुनहिल डट कम
- २ साल अघि
- ३४८ पटक पढिएको

चामलमा प्लास्टिकको मिसावट भएको शंकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाग्लुङले परीक्षणका लागि काठमाडौं पठाएको छ ।
सदरमुकाम बागलुङ बजारस्थित कमर्सियल बहुद्देश्यीय सहकारी संस्थाको गोदामबाट खरिद गरेर लगेका उपभोक्ताले पकाएर खाने क्रममा त्यस्तो चामल भेटिएको हो ।
बागलुङ नगरपालिका–२ हल्लनचोक बस्ने कविन्द्र बोहराले आइतबार खाना पकाएर खाने क्रममा प्लास्टिकझैं डल्लो पर्ने र उफ्रने भएपछि सोमबार प्रशासनमा उजुरी गरेका थिए ।
प्रशासन, उपभोक्ता मञ्च र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले संयुक्त अनुगमनपछि चामल परीक्षणका लागि पठाइएको हो । बोहराले किनेको दुई बोरा चामल पनि सहकारीले फिर्ता लगेको छ । ‘यहाँ बिक्री गर्नेको मात्रै दोष छैन, चामल कसरी आइपुग्यो भन्नेसमेत अध्ययन गर्नुपर्नेछ,’ मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘परीक्षणको प्रतिवेदन आएपछि मात्रै कसलाई कति कारबाही हुन्छ भन्ने थाहा हुन्छ ।’ यसमा अखाद्य वस्तुसम्बन्धी ऐन आकर्षित हुने उनले बताए । सहकारीले भैरहवाबाट चामल ल्याउने गरेको छ । उक्त चामल बिक्री गर्ने भारतीय व्यापारी र चामल पनि भारतीय ब्रान्डको भएको पुष्टि भएको छ । ‘चामल नै प्लास्टिकको बनाएको हो वा अन्य केमिकल प्रयोग भएको हो, पत्ता लागेपछि जिल्लाभर खोजी गरिनेछ,’ श्रेष्ठले भने ।
कार्यालयका प्रमुख सौरभ श्रेष्ठले चामलभन्दा प्लास्टिकको मूल्य महँगो भएकाले सबै प्लास्टिक नभई केही मिसावट भएको हुन सक्ने अनुमान लगाए । उनी चामल लिएर केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा परीक्षणका लागि गएका छन् । * समाचार इकान्तिपरमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
