FLASH NEWS
  • Loading...

म्याग्दी ः आमाले २.१० र छोराले ३.६० जिपिए सहित एसईई पास

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६३ पटक पढिएको
म्याग्दी ः आमाले २.१० र छोराले ३.६० जिपिए सहित एसईई पास

म्याग्दीको सदरमुकाम स्थित एक वैकल्पिक विद्यालयबाट एसईई परिक्षामा सहभागी ६६ बर्षिया रेणुदेवी मल्ल १.८५ जिपिए, ५१ बर्षिया योगमायाँ गौतम १.५५ जिपिएसहित उत्तिर्ण भएका छन ।
त्यसैगरी बेनीको प्रकाश माध्यामिक विद्यालय केन्द्रबाट एसईई परिक्षामा सामेल आमा–छोरा उत्तिर्ण भएका छन । उज्यालो वैकल्पिक विद्यालयबाट सहभागी ४४ बर्षिया आमा दिलशोभा पुनले २.१० जिपिए र वेष्टपोईन्ट आवसिय माध्यामिक विद्यालयका छोरा प्रीतम पुन ३.६० जिपिए सहित उत्तिर्ण भए ।


यस वर्षको एसईई परिक्षामा म्याग्दी जिल्लाभरबाट बेनीको लिटल गार्डेन एकेडेमीका बल्वु शाह र सोही विद्यालयका उत्सव सापकोटाले ३.९५ जिपिए अङ्कसहित जिल्ला प्रथम भए । साह बेनीमा ब्यापार गरी वस्ने भारतिय हुन ।
त्यसैगरी जिल्लाको सामुदायीक विद्यालय तर्फ बेनीको प्रकाश माध्यामिक विद्यालयका प्रेम श्रेष्ठले ३.९० जिपिए सहित पहिलो भए । छात्रा तर्फ प्रकाश माविकी प्रकृति सुवेदीले ३.८५ जिपिएसहित जिल्ला प्रथम भईन ।