- Loading...
म्याग्दीकाे भलिवल कप्तान सुजन चोखालमाथि एक वर्ष प्रतिबन्ध, भलिवल संघ म्याग्दीले आधिकारिक धारणा माग्याे
- पुनहिल डट कम
- २ साल अघि
- ४५३ पटक पढिएको

म्याग्दी जिल्ला भलिबल संघले गण्डकी प्रदेशका उपकप्तान सुजन चोखालमाथी एक वर्षसम्म खेल्न प्रतिबन्ध लगाएकाे विषयमा नेपाल भलिबल संघसँग आधिकारिक धारणा माग गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै म्याग्दीका कप्तान समेत रहेका चोखालको प्रतिबन्धबारे आधिकारिक धारणा माग गरेको हो ।
सेटर चोखालमाथि प्रतिबन्धको ठोस निर्णय नभएको तर मिडियामा प्रतिबन्धको समाचारहरु आएको विषयमा संघको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिबन्धबारे जानकारी माग्दा भलिबल संघले आधिकारिक रुपमा निर्णय नगरेको बताएको संघका अध्यक्ष तेजेन्द्र बानियाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले चोखाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । चोखाललाई एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएकाे छ ।
गत वैशाखमा आयोजना भएको एनभीए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपको दौरान रेफ्रीलाई दुर्व्यवहार गरेको कारण उनीहरुलाई प्रतिबन्ध लगाईएको बताइन्छ।
रेफ्रीमाथि दुर्व्यवहार भएपछि संघले महासचिव जितेन्द्र बहादुर चन्दको नेतृत्वमा छानविन समिति बनाएको थियो । उक्त छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार तीनै खेलाडीलाई प्रतिबन्ध गरिएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
