- Loading...
म्याग्दीमा पुष्पलालको ४४औँ स्मृति दिवस मनाइयाे
- पुनहिल डट कम
- २ साल अघि
- ३०६ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको श्रेष्ठको ४४ औँ स्मृति दिवस म्याग्दीमा पिन कार्यक्रम गरी मनाइयाे ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।
४४ औँ स्मृति दिवसकाे अवसरमा शनिवार अायाेजित श्रद्धान्जली कार्यक्रममा नेकपा एमाले म्याग्दीले जिल्ला कार्यालय हाँडेभिरमा अायाेजित कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष वालकृष्ण सुवेदी, पूर्व जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठ, एमाले केन्द्रीय सदस्य नरदेवी पुनले स्थापक महासचिव पुष्पलालकाे नेपाली कम्युनिष्ट अान्दाेलनमा पुर्याएकाे याेगदानकाे चर्चा गरे । जिल्ला कमिटका सचिव तथा बेनी नगरपालिका प्रमुख सुरत केसीकाे संञ्चालन र अध्यक्ष देवेन्द्र केसीकाे अध्यक्षतामा सम्पन्न श्रद्धान्जली कार्यक्रममा बेनीमा उपलब्ध एमाले कार्यक्रताकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।
२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गरेका थिए । त्यसको एक वर्षपछि पुष्पलालले विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । जुन केही समयपछि सार्वजनिक गर्दा केही नाम थप गरीएकाे थियाे ।
राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ समेत रहनुभएका उहाँ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भएका थिए ।