- Loading...
डाबरले बेचेको मह अखाद्य, तर कारबाही गर्ने निकाय मौन ?
- पुनहिल डट कम
- २ साल अघि
- ४०६ पटक पढिएको

डाबरले उत्पादन गरि बिक्रीका लागि बजारमा पठाएको मह अखाद्य रहेको प्रमाणित भइृसक्दा पनि कारबाही गर्न सरकारी निकायले आट गरिरहेको छैन् ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको केन्द्रिय खाद्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डाबर नेपालको मह अखाद्य रहेको पुष्टि भएको हो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग अन्तर्गतको चितवन कार्यालयले २०७७ भाद्र २५ गते नारायणगढ बजारबाट डाबरको स्याम्पल उठाएर परिक्षणका लागि बिभागको केन्द्रिय प्रयोगशालामा पठाएको थियो ।
सो रिपोर्ट झण्डै २ वर्ष अगाडिनै आएपनि अहिले सम्म डाबरका लागि कारबाहीको प्रक्रिया समेत अगाडी बढेको छैन् । डाबरको मह परिक्षण गर्दा HydroxymethyFurfural को मात्रा बढि भएको प्रमाणित भएको थियो । हाइड्रोक्सिमेथाइलफरफुरलको मात्रा बढि भएको महको सेवनले क्यान्सर बनाउन सक्ने बताईन्छ ।
यसको मात्रा बढि भएको मह मानव स्वास्थ्यका लागि हानिकारक हुने र अखाद्य हुने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए ।
बिरगंजमा उत्पादन भएको मह भएकाले आफुहरुले सो रिपोर्ट बिरगंज स्थीत कार्यालयलाई फरर्वाड गरी त्यहीबाट मुद्धा चलाउन पत्राचार गरिएको अधिकारीको भनाई छ ।
बिरगंज कार्यालयका कार्यालय प्रमुख बिक्की राउतले डाबरलाई बयानका लागि आफुले पत्र काटेकोे र बयान लिएर मुद्धाका लागी सरकारी कार्यालयमा पेश गर्ने बताए ।
बार्षिक ७ सय बढि टन मह बेच्ने कम्पनिले अखाद्य मह बिक्री गरेको प्रमाणित समेत भईसक्दा पनि कारबाही गर्न सरकारी निकायले ढिला गर्नु विडम्वना भएको उपभोक्ता अधिकारकर्मी बिष्णु भुषालले बताए ।
त्यस्तै Apis india ले उत्पादन गरेको मह पनि अखाद्य भएको परिक्षणबाट प्रमाणित भएको छ । यसलाई पनि मुद्धा चलाएर कारबाही हुने बिभागले जनाएको छ ।
*समाचार केटिएम दैनिकमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
