FLASH NEWS
  • Loading...

‘हाँस्ने बोल्ने गरेपो माया बढ्छ’

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७० पटक पढिएको
Post Thumbnail

लोकप्रीय लोक गायक रवि कार्की र दिलु मगरको मौलिकपना बोकेको लोक दोहोरी गीत हाँस्ने बोल्ने गरेपो माया बढ्छ हालै सार्वजनिक भएको छ ।

रवि कार्कीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतले दर्शक श्रोताको मन जित्दै गएको छ । खुमन थापाको प्रस्तुतीमा रवि कार्की र दिलु मगरको सुमधुर आवाजमा रहेको गीतका टुक्काहरुलाई टिकटकमा रुचाउन थालिएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ५ भिरमुनी घर भई हाल रोजगारीको शिलशिलामा जापानमा रहनुभएका लोकप्रीय सर्जक प्रविण खत्री ठुलेको शव्द सृजनामा रहको उक्त गीतमा गायक कार्कीले लय सृजना गर्नुभएको छ ।

परम्परागत मौलिकता झल्किेन गरि रोधी बसेर तयार गरिएको म्युजिक भिडियोमा निक्स शर्मा र रुविना अधिकारीको मूख्य अभिनय रहेको छ भने कुमार केसीले निर्देशन गर्नुभएको छ । म्याग्देली गायीका दिलु मगरको यो पहिलो सांगीतिक कोशेली पनि हो । 

बेनी नगरपालिका ३ भकिम्ली घर भई हाल पोखरामा बस्ने मगरले पहिलो गीतमा पनि राम्रो प्रतिक्रिया आएकाले निरन्तर गीत संगीतमा लाग्ने हौसला मिलेको गायीका दिलु मगरले बताइन।