FLASH NEWS
  • Loading...

नकुल ढकालको ‘पुरुष’ बजारमा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०६ पटक पढिएको
Post Thumbnail

 म्याग्दीकाे बेनीका सर्जक नकुल ढकाललको सृजनामा ‘पुरुष’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

स्मिता स्नेहा इन्टरटेन्टमेन्ट बाट प्रस्तुत भएको उक्त गीतले श्रोता दर्शकको मन जित्दै गएको छ । चौतारीको बर, जोवन, मुखियाको नाती, उखान युद्ध व्याटल लगायतका दर्जनौ चर्चित गीतहरुका सर्जक ढकालले पुरुषहरुको पीडा समावेश गरि गीत सृजना गरेकाे बताए 

महिलाहरूले झेलिरहेका समस्याहरूका बारेमा नै बढी गीतहरु बनाइएका छन् । बलात्कृत नारीका पिडा, दाइजोका कारण घरमा बुहारीले भोग्नुपरेका पिडा, बोक्सीका नाममा महिलामाथि गरिएका अत्याचार हुन वा मदिरा सेवन गरेर श्रीमतीमाथि गरिएका हिंसाका कुरा गीतमा व्यक्त हुँदै आएका छन । तर पूरुष पनि पीडामा छन भन्ने सन्देश गीतबाट प्रस्तुत गरिएको छ ।

गीतमा पुरुषका मात्र मुद्दा उठाइएको छैन, पुरुषका कारण महिलाले रोज्नुपरेका गलत बाटोका बारेमा पनि सन्देश दिन खोजिएको छ । बेरोजगार श्रीमानलाई श्रीमतीले गर्ने फरक व्यवहार, महिलाले चाहँदा सहजै श्रीमानलाई त्याग्न सके पनि पुरुषले भने बाँचुन्जेल पिडा मात्रै भोग्नुपर्ने, सहमतिमा यौन चाहना पूरा गर्ने तर मन नमिल्दा साथ जबरजस्ती करणीको मुद्दा लगाइदिने, पुरुष प्रधान समाज भनिएको भए पनि पुरुषलाई जोगिएर बाँच्नै गाह्रो भएको, सामान्य अवस्थामा नै यौन दुव्र्यवहारको आरोपमा भोग्नु परेको समस्यालाई गीतमा उतारिएको छ ।

थानेश्वर गौतम र कमला पोखरेलको आवाजमा रहेको गीतमा नकुल ढकालको शव्द र थानेश्वर गौतमको सङ्गीत रहेको छ । गीतको म्युजिक भिडियोमा प्रीति आले, ज्योति मगर, निक्स शर्मा लगायतका कलाकाहरुको अभिनय रहेको छ ।