- Loading...
५ केजी कोदोबाट ४ बोतल रक्सी, बोतलकाे कती मुल्य पर्ला ?
- पुनहिल डट कम
- २ साल अघि
- ३७३ पटक पढिएको

परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रवर्द्धनमा दबाबका लागि प्रदेश नम्बर एकमा काम अघि बढाइएको छ।
परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रर्वद्धन समितिले प्रदेशका विभिन्न जिल्लामा समिति गठन गरेर दबाबको काम अघि बढाउँदै आएको हो।
समितिले इलाममा साधना फागोको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको छ। हालसम्म प्रदेश १ का मोरङ, सुनसरी, झापा लगायतका जिल्लाका समिति नै गठन गरेर काम अघि बढाएको छ। रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरासम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीतिक दललाई दबाब दिन समिति गठन गरिएको जनाइएको छ।
तत्कालीन प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने चर्चा चलाएकी थिइन्। उनले २०७८ चैत १३ गते सामाजिक विकास मन्त्रीको पदभार ग्रहण लगत्तै कोदोको लोकल रक्सीमाथिको बन्देज हटाएर ब्राण्ड बनाउने नारा प्रदेश १ बाट लागू गर्न कोशिस गर्ने बताएकी थिइन्।
२०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलका क्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औद्योगिकरण गर्न सके सिंगो देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेपछि घरेलु मदिरालाई ब्रान्डिङ गर्ने विषयले चर्चा पाएको थियो।
पूर्वमन्त्री राईको धारणापछि प्रदेश सरकारले तत्कालीन प्रदेश १ योजना आयोगका सदस्य (हाल उपाध्यक्ष) पूर्णकुमार लोक्सोमको संयोजकत्वमा अध्ययन कार्यदल बनाएर कार्य अघि बढाएको थियो। कार्यदलले ४ महिनाको अवधिमा विभिन्न जिल्लाका उत्पादक, उपभोक्ता र जनप्रतिनिधिसँगको प्रत्यक्ष जानकारी सर्वेक्षण तथा सम्बद्ध विज्ञबाट प्राप्त राय सुझावको आधारमा ७० पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो। त्यसपछि परम्परातग घरेलु मदिरालाई कानुनी मान्यताका लागि दबाबस्वरूप जिल्ला जिल्लामा विविधि कार्यक्रमहरुले तीव्रता पाउँदै आएको छ।
परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवर्द्धन प्रदेश समितिले विभिन्न कार्यक्रम आयोजना गर्दै घरेलु मदिरालाई कानुनी प्रक्रिया पूरा गरेर ब्रान्डिङको माग राखेको छ।
कतिपय समुदायहरूमा बच्चा जन्मदेखि मृत्यु संस्कारसम्मका विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरहरुमा रक्सी चढाउने, पिउने परम्परा रहेको पाइन्छ ।
प्रवर्द्धन समितिका मिडिया कोअर्डिनेटर दिपिन राईले घरेलु रक्सीलाई ब्रान्डिङ गर्नाले बर्सेनी नेपालबाट मदिराका लागि बाहिरिने अर्बौं रुपैयाँ रोकिने बताए। उनले घरेलु मदिरालाई कानुनी दायरामा ल्याएर बिक्री वितरण गर्ने नीति बनाउँदा कोदोको उत्पादन प्रोत्साहन र किसानको आय स्तरमा समेत सुधार हुने बताए।
राईले आगामी वैशाख ४ र ५ गते धनकुटा र तेह्रथुममा समिति गठनको कार्यक्रम राखिएको बताए। त्यसैगरी, १० गते पाँचथर र १२ गते ताप्लेजुङमा समिति गठन तथा अन्तरक्रिया कार्यक्रम राखिएको उनले बताए।
झापामा घरेलु मदिरा उत्पादन गर्दै आएकी पुष्पा बोखिमले ५ केजी कोदोबाट ४ बोतलसम्म गुणस्तरीय रक्सी उत्पादन गर्न सकिने बताइन्। उनले प्रतिबोतल ४ सय रुपैयाँसम्म बिक्री हुँदै आएको बताइन्।
नेपालको रक्सीलाई विश्वकै ५० मिठो पेयपदार्थको सूचीमा सूचीकृत गरिएको छ । अमेरिकी सञ्चार एजेन्सी सीएनएनले ८ मे २०१८ मा प्रकाशित ट्राभल जर्नलमा ‘वल्ड्र्स फिप्टी मोस्ट डेलिसियस ड्रिंक्स’ शीर्षकमा संसारका ५० मिठो पेय पदार्थको सूचीमा रक्सीलाई पनि समावेश गरेको छ।
यस जर्नलमा नेपाली रक्सी ४१औँ नम्बरमा परेको छ। नेपालमा उत्पादन गरिने कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले तुरुन्तै थाहा पाउने र पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि आनन्द दिने उल्लेख छ।
नेपालको हिमाली भेगमा बस्नेहरु चिसोबाट जोगिन तथा पहाडमा जाडो भगाउन घरमा बनाएको रक्सी पिउने गरेका छन् । पहाडमा उकालो र ओरालो गर्दा प्यास मेट्न साथै तराईमा परिश्रम गरेर थकाइ मारिरहँदाको अवस्थामा गलेको शरीरलाई आराम दिन मदिरा सेवन गर्ने चलन रही आएको छ । चाडपर्वमा चिल्लो र गुलियो बढी मात्रामा खाने हुँदा त्यसको असरलाई काट्न पनि जाँडरक्सी पिउनुपर्दछ भन्ने मान्यता छ ।
गत आर्थिक वर्षको ११ महिनामा झापाको काँकडभिट्टा नाकाबाट मात्र १४ करोड ९४ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको ४ हजार ६ सय ७१ मेट्रिक टन कोदो आयात गरिएको तथ्यांकले देखाउँछ। *थाहाखवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
