- Loading...
बेनी अस्पतालबाट एकै दिन ३८ स्वास्थ्यकर्मी हटे, प्रसुती समेत सवै सेवा प्रभावित, सर्जिकल पूर्ण बन्द
- पुनहिल डट कम
- २ साल अघि
- ३९६ पटक पढिएको

कोरोना नियन्त्रण तथा उपचार कोषबाट नियुक्त ३४ र निक साईमण्डका चार गरी ३८ जना श्वास्थ्यकर्मी एकसाथ हटेपछि बेनी अस्पतालको सेवा अस्तब्यस्त भएको छ ।
बेनी अस्पतालले आइतवार विज्ञप्ती प्रकाशित एकसाथ ३८ जना बाहिरिएपछि सेवा प्रभावित भएको जनाएको छ । अस्पतालमा कार्यरत एनेस्थेसिया असिस्टेन्ट विदाभएपछि बेनी अस्पतालले प्रदान गर्ने सर्जिकल (शल्यक्रिया) सेवा प्राय: वन्द भएको छ । सर्जिकल सेवा वन्द भएपछि शल्यक्रिया गरी सुत्केरी (सिएसगरी डेलिभरी) गराउनु पर्ने अवस्थाका गर्भवतीले जिल्लामै सुरक्षित र ढुक्कले पाउँदै आएको प्रसुति सेवा बढी प्रभावित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलवभत्ता भुक्तानी हुनेगरी नियुक्त भएका सवै स्वास्थकर्मीको म्याद असार मसान्तपछि नथप्ने निर्णय गरेपछि बेनी अस्पतालबाट हेल्थ असिस्टेन्ट ३ जना, अहेव २ जना, स्टार्फ नर्स १३ जना, फार्मेसी सहायक २ जना, अनमी ४ जना, ल्याव टेक्निसियन ३ जना, ल्याव असिस्टेन्ट १ जना र हेल्थ असिस्टेन्ट २ समेत ३४ जना र निक साईमण्ड इन्स्टिच्युट (एनएसआइ)को कार्यक्रम हटेपछि संस्थाले उपलब्ध पठाएका एक मेडिकल अफिसर, एक एनेस्थेसिया सहायक, एक स्टार्फ नर्स र एक जना वायोमेडिकल इक्युपमेन्ट टेक्नीसियन पनि आईतवारदेखी विदा भएका हुन ।
असारमा मात्र बेनी अस्पतालमा ९२ जना सुरक्षित सुत्केरी भएकामा १८ जनाको शल्यक्रिया गरी सुत्केरी भएका थिए । सर्जिकल (सल्यक्रिया) सेवा वन्द भएपछि सुत्केरी हुने समय पुगेका गर्भवती बाग्लुङ वा पोरखा पुग्नु पर्ने भएको छ ।
बेनी अस्पतालमा ११ औं तहका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु), वरिष्ठ फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थेसियालोजिष्ट, पेडियाट्रिसियन, गाईनोलोजिष्ट, अर्थोपेडिक, साईक्याट्रिक्स, फिजियो थेरापिष्ट, रेडियोलोजिष्ट समेत ८ जना विशेषज्ञ डाक्टर (कन्सल्टेन्ट), १ जना नर्सिङ अधिकृत, ४ जना मेडिकल अफिसर समेत ५९ जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको छ । तर हाल अस्पतालमा १ जना मेडिकल अफिसर डा. जितेन्द्र कंडेल समेत दरवन्दीका १९ जना स्वास्थ्यकर्मी कार्यरत छन ।
बेनी अस्पतालमा दरवन्दीकै विभिन्न पदकागरी ४० जना स्वास्थ्यकर्मी अध्ययनविदा तथा रिक्त छन । दरवन्दीका ४० जना स्वास्थ्यकर्मीको आवश्यकता त्यही करारका श्वास्थ्यकर्मीले पूर्ति गरेका थिए । करारका स्वास्थ्यकर्मी एक साथ हटेपछि अस्पतालको स्वास्थ्य परिक्षण तथा उपचार पद्धती अस्तब्यस्त बनेको हो ।
‘अस्पतालको दरवन्दीका ८ जना कन्सल्टेन्ट डाक्टर र चार जना मेडिकल अधिकृतमध्य म एक्लो मेडिकल अफिसर १९ जना श्वास्थ्यकर्मी मात्र कार्यरत छौं । करार र प्रोजेक्टका स्वास्थ्यकर्मी एकसाथ हटेपछि अस्पतालको उपद्धार सिस्टम नै अस्तब्यस्त भएको छ’ बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले भने, ‘अस्पतालले मेडिकल, सर्जिकल, वालरोग, स्त्रीरोग, नाककान घाँटी समेतका वार्डहरु अव स्थगितगरी प्रसुती, जनरल वार्ड मात्र चलाउने भएका छौं । एनेस्थेसियासँग सम्बन्धी जनशक्ति नभएपछि जस्तै विज्ञ डाक्टर भएपनि सर्जिकल सेवा चल्ने अवस्था रहेन ।’
अस्पतालमा अहिले छात्रवृत्ति करारका ३ जना कन्सल्टेन्ट समेत ७ जना मेडिकल अफिसर, मेसु डा. कंडेल समेत अस्पतालका १९ जना स्वास्थयकर्मी र अस्पताल ब्यवस्थापन समितिले नियुक्त गरेका २४ जना स्वास्थयकर्मीको भरमा ओपिडी, इन्डोर, दाँत, नाक, कानघाटी, स्त्रीरोग, वालरोग, ल्याव, एक्सरे, डायलासिस, फार्मेसी, विलिङ, दर्ता, इन्डोर र इर्मजेन्सीका काम चलाएका छन ।
अभिलेखमा म्याग्दी सदरमुकाम बेनीमा ५० वेडको ‘बेनी अस्पताल’ संञ्चालित छ । तर ५० वेडको अस्पतालमा हुनु पर्ने न्युनतम सेवा मापदण्ड (एमएसएन) अनुसारको भौतिक पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य मैत्री वातावरण छैन ।
क्लिनिकल ब्यवस्थापन अन्र्तगत जनरल मेडिसिन, आकस्मिक सेवा, अन्र्तरंग सेवा, निदानात्मक सेवा (प्रयोगशाला, रेडियोईमेजिङ), शल्यक्रिया सेवा, नाक, कान, घाँटी (इएनटी), दन्तरोग सेवा, कार्डोलोजी, फार्मेसी सेवा, रक्त संञ्चार सेवा, सघन उपचार सेवा, विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा समेतका सेवा अनिवार्य तोकेको छ ।
त्यैस्तै न्युनतम सेवा मापदण्ड (एमएसएन) अनुसार भौतिक पूर्वाधार तर्फ विरामीको नाम दर्ता, विरामी बस्ने स्थान, डाक्टर, नर्स बस्ने स्थान/वेन्च वेवस्थापन देखी, फोहोर ब्यवस्थापन, क्यान्टिन, खानेपानी, सामाजिक सेवा, स्टोर ब्यवस्थापन, समेतका २२ प्रकासरका सेवाको मापदण्ड तोकेको छ ।
बेनी अस्पतालको अभिखेल अनुसार ओपिडी र इर्मजेन्सी तर्फगरी दैनिक २५–३० जना विरामी आउँछन । यी मध्य दैनिक ८ जना विरामीलाई पोखरा, काठमाण्डौ रिफर गर्ने गरिएको छ । भौतिक पूर्वाधार निर्माण नहुँदा अस्पताल प्रसासन नै स्वास्थ्य कार्यालयको भवनमा एक तल्ला मागेर काम चलाईएको छ । पूर्वाधार, मानवश्रोत र बजेट अभावका विचमा पनी बेनी अस्पतालले सघन उपचार, रेडियोईमेजिङ तर्फको एक्सरे, अल्टासाउण्ड, इन्डोस्कोपी, डायलासिस, अक्सिजन प्लान्ट, अस्पताल फार्मेसी आदी सेवा धुलाम्मे छाप्रोमा राखेरै काम चलाईएको छ । जटिल प्रसुती समेत सामान्य शल्यक्रिया, दाँन्त रोग, आँखा उपचार, रक्त संञ्चार सेवा, हेमोडायलासिस सेवा जस्ता महत्वपूर्ण उपचार भैरहेको छ ।
‘बेनी अस्पतालको मापदण्ड अनुसारको पुर्वाधार, प्रविधी र जनशक्ति ब्यवस्थापनको नम्र्स अनुसार त थिएन । एनेस्थेसियालोजिष्ट नहुँदा हाडजोर्नी, वालरोग, स्त्रीरोग, मानसिक रोग, समेतका रोगहरुको जाँच तथा परिक्षण गर्न पोखरा रिफर गरिन्थ्यो प्रसुती वार्ड इन्चार्ज रहेकी स्टार्फ नर्स मनदेवी शर्माले भनिन, ‘दुई जना स्टार्फ नर्सले इर्मजेन्सी हेर्ने की प्रसुती वार्ड । राती र दिउँसो कसरी हेर्ने समस्या भएको छ ।’
मेडिकल अधिकृतमा कार्यरत रहेपनि मेसु डा. कंडेल एमडिजिपी हुन । त्यस्तै करारमा एमडिजिपी डाक्टर एक र गाईनोका एक डाक्टर छन । अस्पताल ब्यवस्थापन समितिले आफ्नै श्रोतमा नियुक्त भएका मेडिकल अफिसर, स्टार्फ नर्स, ल्याव टेक्निसियनहरुको भरमा अस्पताल रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
