FLASH NEWS
  • Loading...

मगर संघ म्याग्दीद्धारा मगर जनप्रतिनिधिलाई सम्मान

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८६ पटक पढिएको
मगर संघ म्याग्दीद्धारा मगर जनप्रतिनिधिलाई सम्मान

|????????????????????????????????????

नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ ।

????????????????????????????????????

आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगर ,धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुन ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुन ,अन्नपुर्ण गाउँपालिका अध्यक्ष भरत पुन र उपाध्यक्ष दिवा पुन ,रघुगंगा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, तीन जिल्ला समन्वय समिति सदस्य ,२७ वटा वडा अध्यक्ष सहित एक सय १८ जना मगर जनप्रतिनिधिलाई सम्मान गरिएको मगर संघ जिल्ला समन्वय समितिले जनाएकाे छ । 

यसैगरी सोही अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना ,सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा , शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा मगर तथा मिस एसईई–२०२२ विजेता लिया पुनलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका समन्वय प्रमुख थपा, प्रजिअ राना ,मगर संघ अध्यक्ष डकमाया पाइजा ,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थापा ,सामाजिक विकास कार्यालय प्रमुख थापा लगायतले सम्मानपत्रले सम्मान गरेका थिए ।