FLASH NEWS
  • Loading...

माओवादी अध्यक्ष प्रचण्ड ‘अचानक’ भारत जाँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५३३ पटक पढिएको
माओवादी अध्यक्ष प्रचण्ड ‘अचानक’ भारत जाँदै

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुखले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ताहरू गरेर फर्किएलगत्तै प्रचण्ड नयाँ दिल्ली जान लागेका हुन्।

चिनियाँ नेताहरू चारदिने नेपाल भ्रमणबाट स्वदेश फर्किएको भोलिपल्टै अध्यक्ष ‘प्रचण्ड’ भारत भ्रमणमा जान लागेको खबर सार्वजनिक भएको हाे । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड नयाँ दिल्ली जान लागेको उनी निकटस्थ नेताहरूले जनाएका छन्।

दिल्लीमा उनले एउटा कार्यक्रमलाई सम्बोधन गर्ने भनिएको छ। तर भेटघाटको विस्तृत कार्यक्रम सार्वजनिक भइसकेको छैन।

चिनियाँ नेताहरूको भ्रमणसँगै प्रचण्डलाई दिल्लीमा आमन्त्रण गरिएको हुनसक्ने सङ्केत गर्दै माअाेवादीका एक नेताले भने, “भारतले चाँडै प्रतिक्रिया जनाउने गर्छ।”

सोमावार चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियानछाओ सहितको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको थियो।

त्यसमा नेपालको असंलग्न विदेशनीति र वाम दलहरूबीचको एकतासहितका विषयमा छलफल भएका विवरणहरू आएका छन्।