- Loading...
२७ जनाले पाए रघुगंगा गाउँपालिकाको ‘उच्च शिक्षा छात्रवृत्ति’
- पुनहिल डट कम
- २ साल अघि
- ३७९ पटक पढिएको

युवा समुदायलाई उच्च शिक्षा तर्फ आर्कषित गर्न यहाँको एक पालिकाले प्रोत्साहन स्वरुव ‘उच्च शिक्षा छात्रवृत्ति’ दिन थालेको छ । उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने रघुगंगा जिल्लाकाे पहिलाे स्थानीय तह बनेकाे छ ।
रघुगंगा गाउँपालिकाले विभिन्न क्याम्पसमा स्नातक तहमा अध्ययनरत २७ जना विद्यार्थीलाई एक मुष्ठ क्याम्पसको बार्षिक शुल्क ६ हजारदेखी २८ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्ति वितरण गरेको छ । जिल्लामा रघुगंगा गापाले पहिलो पटक उच्च शिक्षा छात्रवृत्ति दिन थालेको हो ।
गापाका अनुसार पहिलो वर्ष म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा, ब्यवस्थापन र मानविकी संकायमा स्नातक तह अध्ययनरत २१ जना, पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत ३ जना, पोखराकै पोखरालक्ष्मी आदर्श क्याम्पसमा अध्ययनरत १ जना, उदयपुरको प्राकृतिक ब्यवस्थापन क्याम्पस र ललितपुरको नमुना महिन्द्रा क्याम्पसमा स्नातक अध्ययनरत १ जना गरी २७ जनालाई ६ लाख १९ हजार ६ सय ५ रुपैयाँ छात्रवृत्ति दिएको छ ।
गापाको छात्रवृत्ति सम्वन्धी कार्यविधी ०७७ अनुसार गाउँपालिका भित्रका सामुदायीक विद्यालयबाट एसईई उत्तिर्ण भै शिक्षा संकायमा विज्ञान, गणित विषयलाई पहिलो प्राथमिकतासहित उच्च शिक्षा (स्नातक तह) अध्ययनरत विद्यार्थीसँग गत जेठ २६ देखी असार ५ गतेसम्म आवेदन मागेको थियो । ३३ जना विद्यार्थीको आवेदन परेको भएपनि ५ जना विद्यार्थीको एसईई पालिका बाहिरका विद्यालयबाट उत्तिर्ण भएकोले अयोग्य ठहर गरिएको पालिकाले जनाएको छ ।
‘पालिकाले पटक–पटक शिक्षक पदपुर्ति गर्न दरखास्त गर्दा आवेदन नै नपरेपछि शिक्षा संकायमा विज्ञान, गणित विषयलाई प्राथमिकता राखेर उच्च शिक्षाकालागी युवा प्रोत्साहन गर्न छात्रवृत्तिको अवधारणा ल्याएका हौं । छात्रवृत्ति कार्यान्वयन सुरु भएको छ’ रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘उद्देश्य अनुसारका जनशक्ति तयार पार्न कक्षा ११ देखी स्नाकोत्तरसम्मै छात्रवृत्ति दिनेगरी कार्यविधी संशोधन गर्न छलफलमा छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
