- Loading...
आज यी क्षेत्रमा हल्का देखि मध्यम वर्षाको सम्भावना, थोरै स्थानमा भारी वर्षाको आकलन
- पुनहिल डट कम
- २ साल अघि
- २७३ पटक पढिएको
आज शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
राति धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेशका एक-दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत आकलन गरिएको छ।
शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १ र बाग्मती प्रदेशका एक(दुई स्थान साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०७९/०३/२४ गते विहान ०६:०० बजे
२०७९ असार २४ गते (शुक्रबार)
दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै बांकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
२०७९ असार २५ गते (शनिबार)
दिउँसो: गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखी पूर्ण बदली रहनेछ र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णीली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।