- Loading...
राहुघाट जलविधुत आयोजना संकटापन्न
- पुनहिल डट कम
- २ साल अघि
- ४२१ पटक पढिएको

नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेडद्वारा रघुगंगा गाउँपालिका, ३ पिप्लेमा निर्माणाधिन ४० मेगावाट क्षमताकाे राहुघाट जलविधुत आयोजना संकटापन्न अवस्थामा छ ।
आयोजनाको भौगोलिक अवस्था, निर्माण सामाग्रीको उपलब्धतामा अवरोध र वित्तिय अवस्थाले गर्दा राहुघाट संकटापन्न अवस्थामा पुगेको हो । विदेशी ऋणमा निर्माणाधिन रुग्ण आयोजना स्थलगत अनुगमन गर्न सांसद भुपेन्द्रबहादुर थापाको नेतृतवमा आएको सांसंसको प्राकृतिक श्रोत समितिले आयोजना संकटापन्न उन्मुख रहेको जनाएको छ ।
भारतिय आयात–निर्यात (एक्जीम) बैंकको ६८ मिलियन युएस डलर सहुलियतपूर्ण ऋण लगानी भएको राहुघाटमा आयोजनामा प्रविधी र उपकरण बाहेक ८० प्रतिशत जनशक्ति र लगानी भारतीय सुनिश्चित गरिएको छ । ‘आयोजना निर्माण गर्न भारतीय एक्जिम बैंकसग सम्झौता गर्दा प्रविधी, शनसक्ती र लगानीमा ८० प्रतिशत ऋण तथा २० प्रतिशत मात्र नेपाल सरकारको रहने ब्यवस्था रहेछ । आयोजनाका खर्च ट्रेन अनुसार ८० प्रतिशत लगानी सुनिश्चित नहुने भन्दै एक्जीम बैंकले किस्ता रोकेको अवस्था छ’ आयोजनाको स्थलगत अनुगमनबाट फर्केपछ सांसदर भुपेन्द्रबहादुर थापाले भने, क्षआइइइमा आयोजनामा आवश्यक पर्ने नदीजन्य पदार्थ कालीगण्डकी नदीबाट उत्खनन गर्ने उल्लेख रहेछ तर सर्वोच्च अदालतले रोक लगाएपछि समस्या देखिएको छ ।’ थापाले थपे, ‘आयोजनाको ड्यामसाईट र पाववरहाउस दुवै पहिरोको जोखिममा छन । एउटा अडिट त अहिल्यै पहिरोमा परेको छ । ’
०६७ कात्तिकदेखी निर्माण सुरु भएको आयोजना २ बर्षमा सक्ने लक्ष्य राखिएको भएपनि भारतीय ठेकेदार आईभिआरसिएलले काम गर्न नसकेपछि प्राधिकरणले ०७० सालमा सम्झौता भङ्ग गरेको थियो । ०७६ सालमा अर्को भारतीय निर्माण कम्पनी जयप्रसाद (जेपी) एशोसिएटसले ठेक्का लिएको थियो । राहुघाट जलविधुत आयोजनामा ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको छ । सन २०२३ जनवरीमा निर्माण सम्पन्न भैसक्नु पर्ने आयोजनाको हालसम्म जम्मा ४५ प्रतिशतमात्र भौतिक प्रगति रहेको छ ।
अर्धजलाशययुक्त आयोजनाबाट सुख्खा मौषममा ४ करोड ९९ लाख ७८ हजार र वर्खा सिजनमा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा कन्ट्राक इनर्जी रहेको छ । राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विधुत आयोजनाको स्वीच आर्डबाट करिव ७ सय मिटर पूर्वमा रहेको दाना–कुस्मा २२० केभिए प्रशारणलाईनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ ।
‘आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत रहेको छ । निर्माण ब्यवसायीलाई विच्कन नदिई सँगसँगै आयोजनाको काम अगाडी बढाईरहेका छौं । निर्धारित समयमा सम्पन्न गर्न अधिकतम प्रयासमा छौं’ रघुगंगा हाईड्रो लिमिटेडका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले भने, ‘इपिसी मोडेलमा ठेक्का लागेकोले आयोजनाको लागत ठेक्काको लागतमा बृद्धी हुँदैन । तर निर्माण विलम्ब हुँदा विधुत खेर हुन्छ ।’
भारतिय आयात–निर्यात (एक्जीम) बैंकको सहुलियतपूर्ण ऋण लगानी भएको राहुघाट जलविधुत आयोजनामा ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको छ । आयोजना भारतिय ठेकदार कम्पनी जयप्रसाद (जेपी) एशोसिएटसले सिभिल तथा हाईड्रमेकानिकल र उपकरण, स्वीचार्ड उपकरण जडान, आपुर्ति र ढुवानी गर्नेगरी इलेक्ट्रोनिकल तर्फ काम गर्न भारत हेभी इलेक्ट्रोकल्स लिमिटेड (भेल)लाई इपिसी Engineering, procurement, and construction (EPC) मोडेलमा लगाइएको हो । यो मोडेलमा काम गर्दा लेआउटमा उल्लेख भएको बाहेक जियोलोजिकल डिफेक्ट आएमा मात्र मुल्य समायोजन हुन्छ ।
आयोजना श्रोतका अनुसार ग्लोवल टेण्डर गर्दा एउटा मात्र फर्म परेपछि छनौट गर्न नसकिएको र छनौट भएको कम्पनी पनि आईभिआरसिएल जस्तै आर्थिक रुपमा कमजोर परेकोले कामले सोचे झै गति लिन नसकेको हो ।
त्यस्तै, म्यानेजर विष्टका अनुसार कुल एक हजार ५० मिटर पेनस्टक मध्य ६ सय ४० मिटर काम भएको छ । पावरहाउस तर्फ टर्वाइन राख्ने र हाउजिङको काम भैरहेको छ । पावरहाउसमा राख्ने टवाईन समेतका उपकरणहरु बोर्डरमा आई पुगेको र भन्सार प्रकृयामा छ । आयोजनाको पावर हाउस सदरमुकाम बेनीदेखी ३ किमी उत्तर तर्फ रघुगंगा गाउँपालिका, ३ तिल्केनीमा बेनी–जोमसोम सडक किनारामा बन्दै छ । आयोजना सन २०२३ जनवरीसम्म सम्पन्न गर्ने सम्झौता छ ।
सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट दहत्तर–बहत्तर (नदीजन्य पदार्थ) उत्खननमा रोक लगाएकोले आयोजनाको पहुँच मार्ग तथा अन्य निर्माण कार्य प्रभावित भएको आयोजनाले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
