FLASH NEWS
  • Loading...

अायुर्वेद स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३५ पटक पढिएको
अायुर्वेद स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण

अायुर्वेद स्वास्थ्य केन्द्र बेनीकाे अायाेजनामा साेमबार मंगला गाउँपालिका केन्द्र बाबियाचाैरमा अायुर्वेद स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

यस अघि केन्द्रले बेनी नगरपालिकामा जिल्ला समन्वय समितका संयाेजक राजकुमार थापाकाे अध्यक्षतामा र मंगला, मालिका र धवलागिरी गाउँपालिकामा पालिका अध्यक्षहरू क्रमश सतप्रसाद राेका, बेगप्रसाद गर्वुजा र प्रेम पुनकाे संयाेजकत्वमा नागरिक अाराेग्य समिती गठन गरी ति पालिकाहरूमा पनि अायुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखिकरण अायाेजना गरेकाे थियाे । 

साेमबार मंगला गापाका प्रमुख प्रशासकीय अधिकृत मनाेहर ढुङ्गानाकाे प्रमुख अातिथ्यता, अध्यक्ष सतप्रसाद राेकाकाे अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा केन्द्रका प्रमुख डा.सन्देश अधिकारीले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा स्थानीय पालिकाका जनप्रतिनिधीहरू, नागारिक अगुवाहरू, स्वास्थ्यकर्मीहरू सहभागी रहेकाे वैध निरिक्षक प्रेमप्रसाद गाैतमले बताए ।