- Loading...
पोखरा स्पोर्ट्स अवार्डमा अरुणा र प्रदिप वर्ष उत्कृष्ट खेलाडी
- पुनहिल डट कम
- २ साल अघि
- ३४४ पटक पढिएको

छैटौं पोखरा स्पोर्ट्स अवार्डमा महिलातर्फ राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुषतर्फ टेनिसका शीर्ष वरीयताप्राप्त प्रदीप खड्का उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष स्पोर्ट्स अवार्डमार्फत गण्डकी प्रदेशमा जन्मिएका र कर्मथलो बनाएका खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यसपालि ७ विधामा अवार्ड प्रदान गरिएको थियो । ०७८ सालमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक, संघ र खेल पत्रकारलाई मञ्चले अवार्ड प्रदान छ ।
महिला र पुरुष वर्ष उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । अरुणाको कप्तानीमा गत वर्ष नेपालले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भएको थियो । अरुणा म्याग्दीकी हुन् ।
०६४ देखि भलिबल खेल्न थालेकी उनले सुरुमा अन्तरविद्यालय जिल्लास्तरको प्रतियोगितामा भाग लिइन् । सन् २०१४ मा नेपालमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यससँगै उनले भारतसँगको मैत्रीपूर्ण खेल, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप लगायतमा सफलता हासिल गरिन् ।
सातौं तथा आठौं राष्ट्रिय खेलकुद, १३ औं सागलगायतका राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर नतिजा दिएकी छन् । सातौं राष्ट्रिय खेलकुदमा कांस्य, आठौंमा चांथो स्थान हासिल गरेकोमा १३ औं सागमा उनको टिमले रजत जितेको थियो । सन् २०२१ मा सेन्ट्रल जोनमा स्वर्ण जित्दा उनी बेस्ट सेटर घोषित भएकी थिइन् । त्यस्तै एनभीए च्याम्पियनसि–२०७८ मा पनि बेस्ट सेटर घोषित भएकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर प्लेयर अफ द इयर २०७७ मा दर्शक च्यवाइस अवार्ड उनले पाएकी थिइन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
