FLASH NEWS
  • Loading...

म्याग्दीका नवनिर्वाचित क्षत्री जनप्रतिनिधीलाइ सम्मान

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७२ पटक पढिएको
म्याग्दीका नवनिर्वाचित क्षत्री जनप्रतिनिधीलाइ सम्मान

क्षत्री समाज म्याग्दीले जिल्लाका विभिन्न तहमा निर्वाचित क्षत्री जातिका जनप्रतिनधीलाइ सम्मान गरेकाे छ ।

समाजले शनिवार बेनी संगमचाेक भित्र रहेकाे अाफ्नै भवनमा अायाेजित एक कार्यक्रमका दाेस्राे स्थानीय तह निर्वाचनमा विजयी भएका बेनी नगरपालिकाका मेयर सुरत केसीसमेत क्षत्री जनप्रतिनिधीलाइ सम्मान पत्रसहित अादर गरेकाे हाे । म्याग्दीका ६ वटा पालिकामा बेनी नगरप्रमुख, रघुगंगा गापा अध्यक्ष, मंगला गापा उपाध्यक्ष समेत ३१ स्थानमा क्षत्री जनप्रतिनिधी निर्वाचित भएकाे क्षत्री समाज म्याग्दीले जनाएकाे छ ।

क्षत्री समाजका केन्द्रीय सदस्य अमृतदेवी बानियाँ, जिल्ला अध्यक्ष लक्ष्मी केसी, सल्लाहकार मीनबहादुर कार्कीले जनप्रतिनिधीलाइ सम्मान गरेका थिए । सम्मान कार्यक्रम सचिव लक्ष्मी कार्कीले गरेकी थिइन । कार्यक्रममा नवनिर्वाचित क्षत्री जनप्रतिनिधीले जातिय एकता, साँस्कृति संरक्षण र जनसेवामा जुट्न सुझाए ।