FLASH NEWS
  • Loading...

पोखरा स्पोर्ट्स अवार्डमा अरुणा र प्रदिप वर्ष उत्कृष्ट खेलाडी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०१ पटक पढिएको
पोखरा स्पोर्ट्स अवार्डमा अरुणा र प्रदिप वर्ष उत्कृष्ट खेलाडी

 छैटौं पोखरा स्पोर्ट्स अवार्डमा महिलातर्फ राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुषतर्फ टेनिसका शीर्ष वरीयताप्राप्त प्रदीप खड्का उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष स्पोर्ट्स अवार्डमार्फत गण्डकी प्रदेशमा जन्मिएका र कर्मथलो बनाएका खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यसपालि ७ विधामा अवार्ड प्रदान गरिएको थियो । ०७८ सालमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक, संघ र खेल पत्रकारलाई मञ्चले अवार्ड प्रदान छ ।

महिला र पुरुष वर्ष उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । अरुणाको कप्तानीमा गत वर्ष नेपालले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भएको थियो । अरुणा म्याग्दीकी हुन् ।

०६४ देखि भलिबल खेल्न थालेकी उनले सुरुमा अन्तरविद्यालय जिल्लास्तरको प्रतियोगितामा भाग लिइन् । सन् २०१४ मा नेपालमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यससँगै उनले भारतसँगको मैत्रीपूर्ण खेल, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप लगायतमा सफलता हासिल गरिन् ।

सातौं तथा आठौं राष्ट्रिय खेलकुद, १३ औं सागलगायतका राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर नतिजा दिएकी छन् । सातौं राष्ट्रिय खेलकुदमा कांस्य, आठौंमा चांथो स्थान हासिल गरेकोमा १३ औं सागमा उनको टिमले रजत जितेको थियो । सन् २०२१ मा सेन्ट्रल जोनमा स्वर्ण जित्दा उनी बेस्ट सेटर घोषित भएकी थिइन् । त्यस्तै एनभीए च्याम्पियनसि–२०७८ मा पनि बेस्ट सेटर घोषित भएकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर प्लेयर अफ द इयर २०७७ मा दर्शक च्यवाइस अवार्ड उनले पाएकी थिइन् ।