FLASH NEWS
  • Loading...

साउने सक्रान्तीमा सार्वजनिक विदा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३२६ पटक पढिएको
साउने सक्रान्तीमा सार्वजनिक विदा

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिकाले साउने संक्रान्ती (राँके संक्रान्ति)काे अवसरमा सार्वजनिक विदा दिने भएकाे छ ।

पुन जाती (मगर ?)काे बाहुल्य म्याग्दीकाे उत्तरी भेगकाे अन्नपुर्ण गाउँपालिकाले पुनहरूकाे प्रमुख मध्यकाे एक चाड साउने संक्रान्तीकाे अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । अन्नपुर्ण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष समेत ८ मध्य ७ वटाका वडाध्यक्ष पुन समुदायका जनप्रतिनिधी छन । 

असार मसान्तसम्म मुख्यवाली अालु भित्राउने र वारीकाे काेदाे राेप्ने, दाँते लगाउने काम सकेपछी साउने संक्रान्ती (राँके संक्रान्ती)मा लुताेपुताे फालेपछी साउनमा काेदाे गाेड्ने काम सुरू हुन्छ । 

त्यसैविच जिल्लाकाे उत्तरी भेगका पुनहरूकाे प्रमुख चाडकाे अवसरमा अन्नपुर्ण गापा, ८ राम्चेमा परम्परागत ढाेठा मेला लाग्दैछ । यही मेलाबाट पुन जातिका युवा–युवतीले भागी विवाह गर्ने चलन छ ।