FLASH NEWS
  • Loading...

बेनी अस्पताल परिसरभित्रै करेन्ट लागेर मरे पशुचौपाया

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६१ पटक पढिएको
बेनी अस्पताल परिसरभित्रै करेन्ट लागेर मरे पशुचौपाया

म्याग्दीको सदरमुकाम बेनीमा करेन्ट लागेर दुईवटा पशुचौपाया मरेको छ। बेनी अस्पतालको परिसर भित्र सूचना बोर्ड आसपासमा खुल्ला छोडिएको तारमा टाँसिएपछि करेन्ट लागेर गाईको बाच्छा मरेको स्थानीयबासी खिमा पूर्जाले बताए ।

अस्पताल परिसरमा तार पड्किएको अवस्थामा चदैं गएका बाच्छालाई करेन्ट लागेको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । अस्पताल परिसरभित्र करेन्ट प्रवाह भएर पशुचौपाया मरेपछि आसपासका क्षेत्रमा विद्युत चुहावटको रहेको हुनसक्ने भन्दै स्थानीयले विद्युत प्राधिकरणको ध्यानार्कषण गराएका छन् ।

बाच्छा मरेको नजिकै काटिएको अवस्थामा तार भेटिएको थियो। पछिल्लो समय बेनीको ब्यस्त सडकमै तार पड्किने समस्या देखिएको छ ।