FLASH NEWS
  • Loading...

फलफूल पकाउन निषेधित रसायन ‘कार्वाइड’को प्रयोग: सचेत रहन सरकारको आग्रह

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७१ पटक पढिएको
फलफूल पकाउन निषेधित रसायन ‘कार्वाइड’को प्रयोग: सचेत रहन सरकारको आग्रह

फलफूल पकाउन निषेधित कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग भएको पाइएपछि सरकारले व्यवसायी र उपभोक्तालाई सचेत गराएको छ। 

खाद्य नियमावली २०२७ को दफा १९(घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीका लागि राख्न निषेध गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज एक सूचना प्रकाशित गरी फलफूल पकाउन उक्त रसायनको प्रयोग नगर्न फलफूल आयात, उत्पादन, भण्डारण तथा बिक्रीवितरणमा संलग्न सबै व्यवसायीलाई आग्रह गरेको हो। 

फलफूल पकाउने व्यवसायीहरुले रसायन प्रयोग गरी फलफूल पकाउनुपर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरुको तोकिएको विधिअनुरुपमात्र गर्न पनि विभागले आग्रह गरेको छ। 

आँपलगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयहरुमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ। फलफूल उपभोग गर्दा राम्ररी सफा पानीले पखालेरमात्र उपभोग गर्न पनि विभागले अनुरोध गरेको छ।